यो जोडीलाई पनि शुभकामना दिनुस्, छिट्टै बिवाह बन्धनमा बाँधिने

बलिउड सुपरस्टार सलमान खान र कट्रिना कैफबीचको सम्बन्धको बारेमा त धेरैलाई थाहा भएकै कुरा हो । एक–अर्कासँग प्रेम सम्बन्धमा रहेर टाढिएका यी दुई पाँच वर्षपछि पुः एक भए । सन् २०१२ मा कबिर खान निर्देशित ‘एक था टाइगर’ कै सिक्वेलका रूपमा ‘टाइगर जिन्दा है’ मा दुवै मुख्य भूमिकामा देखिए । यस फिल्ममा कटरिनालाई लिन सलमान खानले नै सिफारिस गरेको मिडिया रिपोर्टमा उल्लेख थियो ।

पछिल्लो समय उनीहरुको विवाहको हल्ला व्यापक चलेको छ । कट्रिना विवाह गरेर सेटल हुने मनस्थितिमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । अब उनले सलमान खानसँगै विवाह गर्छिन् कि अरु नै जीवनसाथी रोज्छिन् यो चासोको विषय बनेको छ ।

पछिल्लो समय देखिएको उनीहरुको सम्बन्धले पनि उनीहरु विवाह गर्न तयार रहेको मिडिया रिपोर्टमा उल्लेख छ। सलमानकी बहिनी अर्पिताले कट्रिनासँगको दाइको तस्बिर सेयर गरेपछि कुरा थप रोचक बनेको थियो । अर्पिताले सेयर गरेको फोटोको कमेन्टमा केहीले ‘भैया–भाभी’ लेखेका थिइन् ।sajhapost

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here