माग्नेले कार चढेपछि हंगामा, रुष्ट स्थानीयद्वारा ज्यान मार्ने धम्की

इंग्ल्यान्डको कोर्नवाल काउन्टीका मगन्ते माथियु ब्रिटोनले अडी टिटी कार किनेपछि स्थानीयहरु उनीसँग रुष्ट देखिएका छन्। ब्रिटोन यस क्षेत्रमा चिनिएका मगन्ते हुन्। उनले वर्षौंदेखि यस क्षेत्रमा माग्दै आएका थिए। तर पछिल्लो समय बैंक स्ट्रिट नजिक ७० हजार अमेरिकी डलर पर्ने कारमा उनी बसेको भिडियो फेसबुकमा सार्वजनिक भयो। यो देखेपछि स्थानीयले उनलाई ज्यान मार्ने धम्कीसमेत दिएका छन्।

३५ वर्षका माग्ने ब्रिटोनले यो कार आफ्नी हजुरआमाको रहेको र अंशबापत पाएको बताएका छन्। सामाजिक सञ्जालमा कारमा बसेको फोटो शेयर भएपछि आफूलाई ज्यान मार्ने धम्की आएको उनले प्रतिक्रिया दिएका छन्। ‘मैले कुनै पनि सामाजिक सञ्जाल हेरेको छैन। किनकि इन्टरनेटमा मेरो पहुँच छैन,’ उनले भने, ‘तर प्रहरीका अनुसार मलाई ज्यानको खतरा छ। मानिसहरुले विभिन्न अनुमान लगाएर दुर्व्यवहार गरेका छन्।’

गत फेब्रुअरी १८ मा फेसबुकमा उनले कार चढेको भिडियो सार्वजनिक हुनासाथ नाकारात्मक कमेन्टहरुको ओइरो लागेको थियो। उनलाई पैसा दिने व्यक्तिहरुले आफू ठगिएको भन्दै उनको सत्तोसराप गरेका थिए।

‘मलाई अचम्म लागिरहेको छ कि एक वृद्धले समेत उनलाई ४० पाउन्ड दिएका थिए। उनले हामीलाई गरिबीको नाममा ठगेका रहेछन्,’ फेसबुकमा एक व्यक्तिले लेखेका छन्। त्यस्तै अर्का व्यक्तिले लेखेका छन्, ‘मेरो ८ वर्षको छोराले भनेपछि मैले उलाई पानी र तातो खाना दिने गरेको थिएँ। मेरा दुई छोराले ठगिएको महसुस गरे। तर मैले प्राय: घरबारविहीनहरु उनीजस्तो फटाहा हुँदैनन् भनेर छोराहरुलाई सम्झाएको छु।’

स्थानीय प्रहरीले भने ब्रिटोन ठग नभएको जनाएको छ। प्रहरीले उनले आफ्नो आफन्तको निधनपछि पर्याप्त पैसा पाए पनि सबै पैसा सकिइसकेको बताएको छ। प्रहरीले उनी पैसाको भोको नरहेको र उनीसँग अहिले पैसा पनि नरहेको बताएको छ।

प्रहरी इन्सपेक्टर डेम मेरिडिथले उनलाई ज्यान मार्ने धम्की आएका कारण सतर्क रहन आग्रह गरेको बताए। डेम भन्छन्, ‘यो केस आफैमा दु:खद छ। हामीले वर्षौंदेखि उनलाई चिनेका छौं। उनी ठग होइनन्।’nepallive

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here