महिलाको स्तनको काम के के होला ?

युवाहरुका लागि प्रकाशन गरिएको प्युबर्टी गाइडका अनुसार महिलाको ‘स्तन’ को अस्तित्वको मात्र दुई वटा कारण छ । पहिलो–बच्चाका लागि दुध उत्पादन गर्नु र दोस्रो–युवतीहरुलाई जवान र आकर्षक देखाउनु । यो प्युबर्टी गाइडको नाम ग्रोइंग अप फर ब्वाइज हो, जसमा अगाडि लेखिएको छ–वास्तवमा अधिकांश स्तन, यो दुई काम गर्न सक्दछ।  ग्रोइंग अप फर ब्वाइज नामको यो प्युबर्टी गाइडका लेखक एलेक्स फ्रिथ हुन् ।

यो गाइडको प्रकाशन सन् २०१३ मा भएको थियो । बाल साहित्य प्रकाशन गर्ने बेलायती प्रकाशन गृह यूएसबार्न ( usborne)ले यो गाइड प्रकाशन गरेको हो ।युएसबार्नले यो गाइडको व्याख्या गर्दै भनेको थियो–यो एउटा सफा, स्पष्ट र उपयोगी पुस्तक हो, जुन बढ्दो उमेरका युवाहरुलाई सुझाव दिने गर्दछ कि उनीहरुले प्युबर्टीबाट कस्ता अपेक्षाहरु गर्नुपर्दछ । साथै प्युबर्टीका बेला शारीरिक, मनोवैज्ञानिक र भावनात्मक परिवर्तनका साथ उनीहरु कसरी खुसी र आत्मविश्वासी रहनु पर्दछ ।

यो पुस्तकमा स्तनका बारेमा पनि एउटा शेक्सन छ, जसलाई लिएर सबैतिर यसको आलोचना भइरहेको छ। यो शेक्सनका अनुसार ‘स्तन किन हुन्छ ? युवतीहरुको स्तन दुई कारणबाट हुन्छ । पहिलो–बच्चाका लागि दुध उत्पादन गर्नु र दोस्रो–युवतीहरुलाई जवान र आकर्षक देखाउनु । वास्तवमा स्तन, यो कुराबाट कुनै फरक पर्दैन कि त्यसको साइज वा शेप कस्तो छ, जब युवतीहरुको प्युबर्टी एज सकिन्छ तब यो दुई काम गर्न सक्दछ।

महिलाको स्तनका विषयमा लेखिएका कयौ कुराका कारण यो पुस्तकका साथसाथै प्रकाशन गृहको पनि चर्को आलोचना भइरहेको छ। सबैतिरको आलोचनापछि प्रकाशन गृहले माफी मागेको छ। साथै उसले युवाहरुका लागि लेखिएको यो प्युबर्टी ग्रोइंग अफ फर ब्वाइजमा परिवर्तन गरेर स्तनका बारेमा उल्लेख भएको विषय संशोधनगर्ने घोषणा गरेको छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here