भुतको रिपोटिङ गर्ने रवी लामिछानेलाई पाकिस्तानवाट आयो कडा चुनौती

काठमाडौंको टीकाथलीमा भुतको ऐतिहासिक रिपोटिङ गरेर गिनिज बुकमा डवल नाम लेखाउने तयारीमा रहेका बहुचर्चित पत्रकार रवी लामिछानेलाई पाकिस्तानका एक टिभी पत्रकारले चुनौति दिएका छन् । टेलिभिजन क्रु सहित टीकाथली गएर भुतसँग प्रत्यक्ष कुराकानी गरी अन्तरवार्ता रेकर्ड गराएका रवीलाई पाकिस्तानका टिभी रिपोटरले आफ्नै बिहेको प्रत्यक्ष प्रशारण गरी चुनौति दिएका हुन् ।

रवीले भुतसँग कुरा गरेको समाचार नेपालमा भाइरल भैरहेको छ भने पाकिस्तानमा आफ्नै बिहेको रिपोटिङ गरेका पत्रकार भाइरल भैरहेका छन् । न्युज च्यानलमा काम गर्ने उनले आफ्नो बिहेको सम्पुर्ण बिधी प्रकृयाको प्रत्यक्ष प्रशारण गरेका छन् ।

यद्यपी उनले सुहागरातको भने रिपोटिङ गरेका छैनन् तर रवी लामिछानेले भने दिनकै ३ पटक फलोअप गरी भुतको रिपोटिङ गरेका छन् । भुतको रिपोटिङ गर्ने उनि नेपाली पत्रकारहरुको मात्र होइन बिश्वभरका पत्रकारहरुको हालसम्मको रेकर्ड हो । न्युज चौबिस टिभीले यो परिघटनालाई गिनिज बुकमा दर्ता गराउने तयारी गरेको उच्च स्रोतले बताएको छ । लामिछानेले यसअघि धेरै समय अन्तर्वार्ता गरेर पनि गिनिज बुकमा नाम लेखाएका थिए । पाकिस्तानका पत्रकारको चुनौति

https://www.youtube.com/watch?v=LpXjwlusCJs