आजवाट सकियो डिभी परेर अमेरिका जाने लाखौको चाहाना!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बिश्वका बिभिन्न देशका नागरिकलाई उपलब्ध गराउँदै आएको भिसा लट्री बन्द गर्ने घोषणा गरेका छन् ।अमेरिकी कंग्रेसको संयुक्त सदनलाई मंगलबार राती संवोधन गर्दै राष्ट्रपति ट्रम्पले आप्रबासीप्रति कडा नीति लिने घोषणा गरेका हुन् । ट्रम्पको संवोधन कंगे्रेसका डेमोक्रेटिक सांसदहरुले बहिष्कार गरेका थिए । आप्रबासी प्रणालीमा व्यापक नीतिगत परिवर्तन ल्याउने आफ्नो पूर्ववत घोषणा अनुसार नै त्यसको सुधारका लागि उनकै भाषामा चार आधारस्तम्भको घोषणा गरेका हुन् ।

त्यसमा पहिलो, १८ लाख गैरकानुनी आप्रबासीलाई नागरिकता दिने खालको शर्तसहितको संरचना । सानो हुँदा नै बाबुआमासँग अमेरिका पुगेका ‘युवा ड्रिमर’ लाई नागरिकता दिने उनले बताएका हुन । तर त्यसमा त्यसमध्ये अमेरिकी सरकारले तोकेको योग्यता र काम गर्ने क्षमता पुगेको र उच्च नैतिक चरित्र भएकोलाई नागरिकता दिइने उनको घोषणामा उल्लेख छ ।

दोश्रो, सिमालाई पूर्ण सुरक्षित गर्ने । त्यसमा दक्षिणमा पर्खाल बनाउने उनले दोहोर्याएका छन् । आंतककारी र अपराधीहरुलाई अमेरिकाभित्र छिर्न नदिने र पक्राउ गर्दै रिहा गर्ने खतरनाक अभ्यास समाप्त गर्ने उनको घोषणा छ ।

तेश्रोमा, भिसा लट्री बन्द गर्ने । ट्रम्पले कुनै क्षमता, योग्यता र अमेरिकी नागरिकको सुरक्षाबिना ‘ग्रिन कार्ड’ दिने कुरा रोक्ने बताएका हुन् । ‘अव हामी ‘मेरिट’ मा आधारित आप्रवासी प्रणालीमा जानुपर्छ । जो दक्ष छन, काम गर्न चाहान्छन, जो समाजलाई योगदान दिन सक्छन र जसले अमेरिकालाई मायाँ गर्छन र सम्मान गर्छन, उनीहरुलाई अमेरिका ल्याउनुपर्छ’ उनले भनेका छन् ।

चौथोमा, ‘चेन माइग्रेसन’ समाप्त पार्ने । एकजना आप्रवासीले आफ्ना टाढा टाढासम्म नाता पर्ने असिमिति मानिसलाई अमेरिका ल्याउने भएकाले अव त्यसलाई रोक्नुपर्ने उनले बताएका छन् । ‘अव नजिककका नातागोताबाहेक ल्याउन नपाउने व्यवस्था गर्नुपर्छ । यसले अमेरिकी सुरक्षा र अर्थतन्त्रलाई सवल बनाउँछ’ उनले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here