देउवाका ज्योतिषले फेरी गरे दुनियाँलाई चकित पार्ने भविश्यवाणी

पारिवारिक ज्योतिषीले फागुन ४ गते अगावै प्रधानमन्त्रीको सरकारी निवास छाड्न सुझाव दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ४ गते नै बालुवाटार छोड्ने तयारी गरेका छन् । उनका पारिवारिक ज्योतिष अंगीरस न्यौपानेले फागुन ५ गतेदेखि देउवा बालुवाटार बसेको नौ महिना लाग्ने भएकाले ४ गते भित्रै सर्न सुझाव दिएको पारिवारिक स्रोतले वताएको छ ।

ज्योतिष शास्त्रमाथि अति नै विश्वास गर्ने प्रधानमन्त्री देउवाले बालुवाटार छोड्ने विषयमा पनि ज्योतिषीको सल्लाह लिएका हुन् । गत चुनावमा ज्योतिषीले आफूलाई ७ पटक प्रधानमन्त्री हुने भविश्यवाणी गरेको वताएका देउवालाई ज्योतिषीले पुनः प्रधानमन्त्री हुन मुगा र मणि जडित औंठी लगाएर बस्न पनि सुझाव दिएका छन् ।

‘मुगा र मणि जडित औंठी लगाएर बसेमा फेरि प्रधानमन्त्री हुने योग देखिन्छ’ देउवाको पारिवारिक स्रोतले ज्योतिषीवाणी उद्धृत गर्दै भन्यो, ‘फागुन ४ गते वालुवाटार सरेको ८ महिना पुगेर ९ महिना लाग्ने भएको र ९ महिनामा बसाइ सर्नु अनुचित हुने भएकाले ४ फागुनमै सर्न सुझाव आएको छ ।’

गत २३ जेठमा चौथो पटक प्रधानमन्त्री निर्वाचित भएका देउवा ज्योतिषीको सल्लाह अनुसार नै असार ५ गते विहान ५ः२२ बजेको साइत जुराएर बालुवाटार सरेका थिए । जेठ २४ गते प्रधानमन्त्री पदको सपथ ग्रहण पनि ज्योतिषीले जुराएको साइतमा गराइएको थियो ।dainikbuzz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here