नेपालकी सन्नी लियोनले खोलिन्…

गत महिना एक भारतिय अनलाइनले ‘कृ’ फिल्म डेब्यू गर्ल अदिति बुढाथोकीलाई पुर्व पोर्न स्टार तथा वलिउड अभिनेत्री सन्नि लियोनसँग दाँज्दै सन्निलाई पनि माथ खुवाउने लुक्स र ‘वडी फिगर’ अदितिको रहेको लेखेको थियो । जुन समाचार नेपालमा पनि फ्लो भयो दर्जनौं मिडियामा छायो । एकाएक अदितिको चर्चा चुलियो ।

तर यो विषयमा नेपाली मिडियाबाट सधैंजसो टाढा रहेकी अदितीले कहिल्यै आफ्नो तर्क बाहिर ल्याएकी थिइनन् । अब भने उनले यो विषयमा मुख खोलेकी छिन् । ‘कृ’ को ट्रेलर रिलिज कार्यक्रममा उपस्थित हुँदै गर्दा उनलाई सोधिएको प्रश्नमा यसअघि बाहिर आएका यो प्रकारको समाचारको बारेमा अनविज्ञता प्रकट गरिन् ।

अदितीले आफुलाई सन्नि लियोन याजो कोहिसँग दाँजेको मन नपर्ने भन्दै अदिती बुढाथोकीको रुपमा नै आफु पचिरित हुन चाहेको तर्क गरिन् । पहिलो पटक फिल्ममा अभिनय गर्दा उत्साहित तथा नर्भस दुबै भएको बताउँदै उनले ‘कृ’ टिमसँग काम गर्न पाउनुमा आफुलाई भाग्यमानी ठानेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here