एमालेको सरकारमा नजाने माओवादीको निर्णय

नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको वाम एकताको प्रक्रिया स्पष्टरुपमा नरोकिए पनि तत्काल एकता हुने सम्भावना कमजोर हुँदै गएको छ । दुई दलहरुका नेताहरु पार्टी एकीकरणको लागि छलफल त गरिरहेका छन् तर, पार्टी अध्यक्षको रुपमा एमालेका केही नेताहरु प्रचण्डलाई मान्न तयार नदेखिएपछि एकता टर्दै गइरहेको छ ।

सरकार गठन अघि दुई पार्टी एकीकरण नहुने सम्भावना बढेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारमा सहभागी नभई एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने मानसिकतामा पुगेका छन् । बुधबार प्रचण्डलाई भेटेका एक माओवादी नेता भन्छन्, ‘सरकार गठनअगाडि पार्टी एकता नभए उहाँ (प्रचण्ड) सरकारमा पार्टीलाई सहभागी नगराउने तर, बाहिर बसेर समर्थन गर्ने मानसिकतामा हुनुहुन्छ ।’

माओवादी अध्यक्ष प्रचण्डले अब पार्टी एकताबारे केपी ओलीसँग छिचोलेर कुरा गर्ने तयारीमा छन् । ओली र उनका निकटष्ठहरुले जबज र पार्टी नेतृत्वमा सम्झौता नहुने अभिव्यक्तिलाई दोहोर्‍याउन थालेपछि प्रचण्डले ओलीसँग निर्णायक वार्ता गर्ने ‘मुड’ बनाएका हुन् ।

‘उहाँ निर्णायक वार्ता गरेर अगाडि बढ्ने पक्षमा हुनुहुन्छ, ओली समूहको अडान प्राकृतिक नै हो भन्ने लाग्यो भने उहाँ माओवादीलाई सरकारमा सहभागी नगराउने तर, समर्थन गर्ने मानसिकतामा हुनुहुन्छ,’ एक माओवादी नेताले बताए । स्रोत : साझापोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here