केपी ओलीका लागि अहिलेसम्मकै लज्जास्पद खबर !

नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूलाई केपी ओलीले अपमान गरेको बताएकी छन् । एमाले संसदीय दलको चुनावमा शाक्य पराजित भएपछि ओलीमाथि आक्रोश पोखेकी हुन् । शुक्रबार भएको चुनावमा शाक्यको पक्षमा २४ भोट परेको थियो भने उनका निकटतम प्रतिद्वन्द्वी डोरमणी पौडेलको पक्षमा ३४ मत परेको थियो ।

मुख्यमन्त्रीको दाबेदार रहेकी शाक्यले आफू गुटबन्दीको शिकार हुँला भनेर कहिल्यै पनि नसोचेको बताइन् । ‘ म गुटबन्दीको सिकार हुँला भनेर सोचेको पनि थिइन् । त्यसैले मलाई धेरै पीडाबोध भएको छ । मलाई मेरो पार्टीको अध्यक्षले यति साह्रो अपमान गर्नुभयो, सहन गाह्रो भएको छ । यसबाट उहाँको हाइट घटेको छ ।’

मतदानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भनिन्, ‘शीर्ष नेताहरुले पहल नगरेको भन्दा पनि पहल पुगेन भन्छु । हाम्रो पार्टीले एउटा इतिहास कायम गर्ने अवसर थियो । तर, सबैभन्दा दुःख लाग्दो कुरा त के भने हिजो अध्यक्षलाई भेट्न जाँदा के छ स्थिति भन्नुभयो । मैले जित्छु, तपाईले सहयोग गर्नुस् भनेँ ।

उहाँले हार्ने गरी नउठ्नुस भन्नुभयो । मैले जित्छु र सघाउनुस् भन्दा त्यसो भए उठ्नुस भन्नुभयो । तर, उहाँले यस्तो गरेर छक्याउनु हुन्छ ? अहिले आएर सभामुख लिनुस् भन्दा मान्नुभएन भनेर प्रचार गरिएको छ । उहाँले त्यसो भनेको होइन र सभामुख लिनुस् भन्दा मान्नेवाला पनि थिइन । तर, अध्यक्षको तहबाट मविरुद्ध चरम गुटबन्दी भएकोमा स्तब्ध छु । ’

उनले आफू गुटबन्दीमा नलागेको र पार्टीले आफूले लगाएको गुन बिर्सिएको आरोपसमेत लगाइन् । २०२८ देखि पार्टीमा लागेको बताउँदै उनले भनिन्, ‘२०३६ देखि त भूमिगत नै भएर काम गरेँ । पार्टीमा काम गर्दा बालबच्चा जन्मेका बेला समेत मैले बिदा लिइन । पाँचौ महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटीमा छु ।’ उनले पार्टी अध्यक्ष जस्तो मान्छे गुटबन्दीमा लाग्नुनै लज्जाको विषय बनेको टिप्पणी गरिन् । काठमाण्डु टुडेबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here