अनमोललार्इ देखेर किन भक्कानिंदै रोए युवतीहरू

हप्ताको शुक्रवारे साइत पारेर प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘कृ’को व्यापार आक्रामक देखियो । शुक्रबार पहिलो दिन सामान्य भएपछि शनिवार दोस्रो दिन भने यसको व्यापार आक्रमक नै भयो । देशभरका सय बढी हलमा प्रदर्शन भैरहेको चलचित्र हेर्नका लागि दर्शकको उपस्थिति सबैजसो हलमा आक्रामक देखिएको छ ।

चर्चित हलहरु विश्वज्याति जमल, गोपिकृष्ण धुम्बाराही, अष्टनारायण बालाजुलगायतका हलहरुमा आज दर्शकले खुट्टा राख्ने ठाउँ थिएन । काठमाण्डौका सिंगल र मल्टिप्लेक्स हलहरुमा पनि दर्शकको उच्च चापले भरिए । चलचित्रको व्यापार र दर्शकको प्रतिक्रियाबारे बुझ्न चलचित्र युनिट बिहानैदेखि हल–हलमा व्यस्त देखिन्थे । निर्देशक सुरेन्द्र पौडेल, निर्माता सुवास गिरी, नायक अनमोल केसी र नव– नायिका अदिती बुढाथोकी दिउँसो २ बजे गोपिकृष्ण हलमा पुगेका थिए ।

अनमोल केसीको उपस्थितिले त्यहाँको माहोललाई नै रौनकमय बनाईदियो । दर्शकको भीडलाई त्यहाँको एक दुई जना सुरक्षागार्डले थेग्न सकेनन् । भिडबाट उम्किन अनमोललाई हम्मे–हम्मे नै भयो । उनका सुरक्षागार्ड त कता हो कता दुई गाडी प्रहरी भ्यान समेत त्यतै विलाए । अधिकांश युवापुस्ताहरु हलप्रांगनमा देखिन्थे । अनमोललाई नजिकबाट देख्न पाएकोमा कति युवतीहरु त रोए नै।

‘अनमोल–अनमोल’ भन्दै चिच्याएका हजारौं दर्शकको आवाज साँच्चै हेर्न लायक थियो । हात हातमा मोवाइल क्यामेर बोकेका दर्शकहरु अनमोलसँग सेल्फी सेल्फी भन्दै कराईरहेका थिए । अनमोल गाडबाट झरेदेखि दर्शकले हात दिइने रहे । अत्याधिक भीडका कारण कतिपय उनका फ्यानहरु अनमोलको छेउसम्म पनि पुग्न सकेनन् । अनमाेलका फ्नानहरू धाेवीखाेला पुलबाट पनि उभिएर उनीतिर हेरिरहेका थिए ।

शनिवार बिहान गोपीकृष्णका चारवटा पर्दामा ‘कृ’ ले हाउसफूल भएका थिए । दिउँसाे पनि साेही अनुपातमा गरेकाे थियाे । अष्टनारायणको मुख्य स्क्रिनमा चलचित्र ‘कृ’ चलाइएको छ । चलचित्रले शनिवार बिहानी र दिवा शोमा ‘हाउसफुल’ व्यापार गरेको छ । यस्तै, मल्टिप्लेक्समा पनि दर्शकको चाप उच्च देखिएको थियो । काठमाण्डौका जय नेपाल, कुमारी, सिभिल मल, लबिम मल, बीग मुभिजमा फिल्मले पाएको सबै शोमा हाउसफूलका रहेको बुझिएको छ । काठमाडौं बाहिरका जिल्लाहरुमा पनि चलचित्र ‘कृ’ले सफलतामूलक व्यापार गरेको बुभिएको छ ।

चलचित्रमा अनमोल र अदितीका साथै अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी रहेको छ । स्रोत साझापोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here