बैतडीमा व्यारेकमै चट्याङ खस्यो, २२ सैनिक घाइते, ५ को अवस्था गम्भिर

चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । मंगलबार साँझ ७ः५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मका सेनाका जवानहरु घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती सेनानी सुदीप बानियाले जानकारी दिए ।तालिममा रहेका सेनाका जवानहरु एक्कासि चट्याङ लागेर घाइते भएका हुन् ।

सेनानी बानियाको अनुसार गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।सामान्य घाइते भएका १७ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।अनलाइन खबरबाट साभार