केपी ओली सत्तारोहणको खुसियालीमा चीनले पठायो दुई जहाज

छिमेकी राष्ट्र चीनबाट नेपाल वायुसेवा निगमले दुई चिनियाँ वाई १२ जहाज ल्याएको छ । उक्त जहाज त्रिभुवन विमानस्थलमा ओर्लिएका छन् ।चीनको हर्बिन शहरबाट एक साता अघि उडेका दुई चिनियाँ जहाज सोमबार दिउँसो त्रिभुवन बिमानस्थलमा ओर्लिएका हुन् । २०६९ सालमा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताअनुसार यि जहाज निगमले थपेका हो । सम्झौताअनुसार ६ मध्ये चार वटा जहाज यसअघि नै आइसकेका थिए ।

निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार ६ वटामध्ये दुई अनुदानमा र चार वटा सहुलियत ऋणमा ल्याउने सम्झौता छ । एउटा एमए ६० र एक वाई १२ जहाज चिनियाँ अनुदानका हुन् । दुवै जहाज सन् २०१४ मै ल्याइसकिएको छ । सोमबार आइपुगेका २ ‘वाइ १२ ई ‘ जहाज भने सहुलियन ब्याजमा आएका जहाज हुन् ।

पछिल्ला ४ वटा वाई १२ भने सहुलियत ऋणमा चीनले उपलब्ध गराएको हो । अनुदानमा उपलब्ध भएका जहाजका लागि चिनियाँ एक्जिम बैंकले सहुलियत व्याजमा ऋण उपलब्ध गराएको छ । हाल उडान भरिरहेका दुई एमए(६० र दुई वाई(१२ जहाज निगमका लागि बोझ सावित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here