चेलिबेटी बेचबिखन कसरी नियन्त्रण गर्ने?

जीवन रायमाझी – अझै पनि नेपालबाट भारतको मुम्बई लगायत बिभिन्न तेश्रो मुलुकमा नेपाली चेलिबेटी बेचबिखन हुने घटनाक्रम रोकिएको छैन । चेलीबेटी बेचबिखन नेपालका लागि विकराल समस्या र कहिल्यै नमेटिने कलङ्क बनेको छ । बेचविखनको पुरानो बाटोबाट नभइ अहिले दलालहरुले विभिन्न कामको बाहानामा खाडी मुलुकलगाएत देश लैजाने भन्दै नेपाली चेलीहरुलाई भारतलगाएतका मुलुकहरुमा ललाई फकाई बेचविखन गरिरहेका छन् ।

यसरी दिनानुदिन चेलिबेटी बेचबिखनको क्रम बढ्दै जानुले नेपाल र नेपालीको स्वाभीमान मानै दख्खल पुर्यायको छ । यस्ता अपराध गर्नेको बिग बिगी सर्बत्रै भएको पाईएता पनि रोकथमका लागि गरिएको झिनो प्रयास सफल हुन सकेको छैन । गरिबी, अशिक्षा, बेरोजगारी र महिलामाथि हुने भेदभाव घटाउनु र बेचबिखन निर्मुल पार्नु सहज भने छैन ।

दलालको पञ्जाबाट चेलीहरुलाई बचाउन र समस्यालाई पूर्ण रुपमा निर्मुल पार्ने संकल्प गर्ने हो भने त्यो असम्भव पनि छैन । वास्तममा अपराध नियन्त्रण तथा महिला र बालिका लक्षित आर्थिक सहयोगलाई प्रभावकारी ढंगले लागु गरिने हो भने चेलीबेटी बेचबिखनको समस्या हल हुन्छ । रोकथामको प्रयास त सरकारी,गैर सरकारी तथा बिभीन्न समुदायबाट पनि हुँदै आएको छ । अब यसलाई थप सशक्त रूपमा एउटा राष्ट्रकै महत्वपूर्ण एजेन्डा बनाएर समुदाय संघ संस्थालाई समेटी देशव्यापी अभियान चलाउनु जरुरी भइसकेको छ ।

साथै बेचबिखन सम्बन्धि कानुनमा कडाई ल्याउनुका साथै बेचिएकारूको उद्धार र पुर्नस्थापनाका लागि विशेष किसीमको निती नियमको आवश्यक छ । जसको फलस्वरूप हजारौं चेलीे उद्वार हुनु साथै नेपाली भुमीमै नयाँ जीवनको सास लिई स्वतन्त्र भई जिउन पाउने छन् भने हजारौं बेचबिखनको सिकार भई नारकीय जीवन बिताउनु पर्ने मृत्युरूपी जेलमा पुग्नबाट बच्ने थिए । ( रायमाझी सामाजिक अभियन्ता हुन् )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here