ओलीले शक्तिसञ्चय गर्नुको कारण खुल्यो

सरकार र पार्टी दुबैतिर आफूअनुकूल हुने गरि चलाउनका लागि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले शक्तिसञ्चयको अभ्यास सुरु गर्न थाल्नुभएको संकेत मिल्न थालेको छ । दलका प्रायः निर्णय आफू उक्लै गर्ने र त्यसलाई प्रजातान्त्रिक कलेबर दिन दलबाट जबर्जस्ती अनुमोदन गराउने अभ्यासको थालनी ओलीबाट हुन थालेको छ ।

पछिल्लोपटक राष्ट्रपति पदका लागि भएको निर्णय यसैको एउटा उदाहरण बन्न पुगेको छ । सहमति र विवादकोबीच एमालेले राष्ट्रपति पदका लागि शिफारिस गरिएकी विद्या भण्डारीले उक्त पदका लागि बुधबार आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । यससँगै एमालेभित्र नेतृत्वको अधिनायकतावाद बढेको भन्दै चरम असन्तुष्टिका स्वर पनि गुञ्जन थालेका विमर्शमा खबर छ ।

पार्टी सामूहिक सहमतिका आधारमा चलाउने भनिए पनि नेतृत्वले हैकम लाद्न खोजेको, दलमा लगानी र त्यागकको मूल्यांकनको परिपाटी हराएको जस्ता असन्ुतष्टि बढ्न थालेका छन् । २२ सदस्यीय स्थायी समितिमा भण्डारीको नाममा सहमति नजुटे पनि सर्वसम्मत निर्णय गरिएको प्रचारबाजीले पनि दलमा तानाशाही लाद्न नेतृत्व सक्रिय रहेको छनक मिल्छ । अन्तर पार्टी प्रजातन्त्रको दुहाई दिने एमाले अहिले तानाशाही नेतृत्वको मारमा परेको गुनासो पार्टी पंक्तिभित्र बढ्दो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here