विमानस्थल हुँदै सगरमाथा पुग्यो अवैध ‘क्रिप्टोकरेन्सी

काठमाडौं, १९ जेठ ।
युक्रेनी नागरिकले अवैध मुद्रा ‘क्रिप्टोकरेन्सी’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सगरमाथाको चुचुरो पुर्‍याएर स्वदेश फर्काउँदा समेत राज्य संयन्त्रले अत्तोपत्तो पाएन । राष्ट्र बैंकले अवैध घोषणा गरेको डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ चार युक्रेनी आरोहीको टोलीले दुई महिना अवधिमा सगरमाथाको चुचुरो पुर्‍याएर स्वदेश फर्काएको थियो । संसारको सर्वोच्च शिखरसम्म अवैध सामाग्री पुग्दा पनि राज्य संयन्त्रले भने कुनै भेउ पाएको देखिन्नँ । पर्यटन विभागका प्रवक्ता रामप्रसाद सापकोटाले अवैध वस्तु सानो भएकाले नदेखिएको जिकिर गरे ।

‘अवैध वस्तुको आकार सानो भएकाले नदेखिएको हो’, सापकोटाले भने, ‘विमानस्थलमासमेत कडाइ नहुँदा अवैध सामाग्री भित्रिएको हुन सक्छ ।’ उनले चुचुरोमा पुर्‍याइएका ‘क्रिप्टोकरेन्सी’ अवैध भएकाले सो मुद्रा लैजाने युक्रेनी आरोहीलाई कारवाही गर्न सकिने बताए ।

युक्रेनी आरोहीले एएसकेएफएम नामक सामाजिक सञ्जालको प्रचार गर्न अवैध मुद्रालाई सर्वोच्च शिखरमा पुर्‍याएर ‘प्रपोगान्डा’ गरेका अन्नपूर्णमा खबर छ । उनीहरूले ल्याएको अवैध सामाग्री विमानस्थलमा अध्यागमनका कर्मचारीले पत्तो पाएनन् भने आरोहणलाई सञ्चालन गर्ने पर्यटन विभाग, सम्पर्क अधिकृत, आरोहण एजेन्सी, गाइडले समेत पत्तो पाउन सकेनन् ।

चुचुरोमा वर्षेनी अवैध गतिविधि हुने गरे पनि विभागले कुनै चासो देखाएको छैन । साहसिक मानिने आरोहणलाई प्रचारबाजीका नाममा विभिन्न संघ–संस्थाले प्रयोग गर्दा समेत सरकारी निकायबाट नियमन हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here