यस वर्षको मनसुन छिट्टै भित्रँदै

काठमाडौं, २० जेठ ।
यस वर्षको मनसुन छिट्टै शुरू हुने भएको छ। जेठको अन्तिम साता नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविद्हरूको अनुमान छ। भारतको दक्षिणी भेगका क्षेत्रमा एक साताअघि शुरू भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसको प्रभाव छिट्टै नेपालमा देखिने मौसमविद् शान्ति कँडेलले बताईन ।

उनले भनिन,- ‘सामान्यतया भारतमा मनसुन शुरू भएको ८/१० दिनमा नेपालमा मनसुन प्रवेश गर्छ तर यसपटक जुन १० अघि नै मनसुन सक्रिय हुने अवस्था छ।’ गत वर्ष मुलुकको पूर्वी र मध्य भेगमा अधिक र औसत वर्षा नाघे पनि मध्यपश्चिम र सुदूरपश्चिमका धेरै भेगमा औसत वर्षाको मात्रा ननाघेको जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांक रहेको समाचार पत्रमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here