छटपटाइरहेका ठूला माछा हात पर्नै लागे : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका मुख्य नाइके पक्राउनजिक रहेको दाबी गर्दै तस्करलाई सहगोग गर्ने पनि निगरानीमा रहेको बताएका छन् । ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणसम्बन्धी उच्चस्तरीय छानबिन समितिको काम प्रभावित बनाउने र तस्करलाई जोगाउने प्रयास भइरहेको दाबी गर्दै उनले त्यस्ता समूह र व्यक्ति पनि निगरानीमा रहेको बताएका नागरिकमा खबर छ ।

‘छानबिन त्रुटिपूर्ण छ भन्ने जस्ता कुरा आएका छन् । गृह मन्त्रालयले जुन कदम उठाएको छ त्यो हचुवाको भरमा होइन, ठोस तथ्य र प्रमाणका आधारमा छानबिन भइरहेको छ । हामीसँग ठोस प्रमाण छन् । कोही कसैले पनि तस्करलाई सहयोग गर्ने गरी वा छानबिन समितिलाई प्रभाव पार्ने प्रयास गरे निस्तेज पारिनेछ’, गृहमन्त्री थापाले भने ।

उनले छानबिन समिति तस्करको जति नजिक पुग्दैछ त्यति नै ठूला माछा छटपटाइरहेका दाबीसमेत गरे । ‘यसलाई छटपटीको रुपमा पनि बुझेका छौं । तथ्यलाई तोडमोड गर्ने भ्रम खडा गर्ने काम भइरहेको छ, अब भुरा माछा र मझौला माछापछि ठूला माछा हात पर्न लागेका छन्’, गृहमन्त्री थापाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here