नेकपाको थप एकता प्रयास

काठमाडौं, २५ जेठ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अन्य दलसँग पनि एकताको प्रयास थालेको छ । नेकपाले उपेन्द्र यादव नेतृत्वको संघय समाजवादी फोरम (संसफो) र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग एकताका लागि छलफल चलाएको छ । त्यसका लागि नेकपाका नेताहरुले ती पार्टीका नेताहरुसँग छलफल गरिरहेका कारोबारमा खबर छ ।

एउटै कम्युनिस्ट केन्द्र बनाउने घोषणा गरेको नेकपाले कम्युनिस्ट पार्टी बाहेकका अन्य दललाई समेट्ने प्रयास गरेको हो । स्थायी समतिति सदस्य देवेन्द्र पौडेलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी बाहेकका अन्य कम्युनिस्ट पार्टीसँग ढिलो चाँडो एकता हुने दाबी गरे । यी दुई दलले भने नेकपासँग एकीकरण गर्ने सम्भावना कम रहेको उनले सुनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here