सगरमाथा नाप्न २७ करोड

काठमाडौं, २६ जेठ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा नाप्न २७ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । मापन प्रक्रियालाई टुंग्याउन सरकारले यस आर्थिक बर्ष १५ करोठ रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

यसअघि दुई करोड रुपैयाँ छुट्याइएकोमा यस बर्ष बजेटको दायरा फराकिलो बनाएको नापी विभागले जनाएको छ । विभागका महानिर्देशक गणेशदत्त भट्टले एक दर्जनभन्दा बढी प्राविधिक टोलीले लेभलिङको कामलाई अघि बढाएको बताए ।

सिरहाको मिर्चौयादेखि लेभलिङ शुरु गरिएकोमा हाल टोली ओखलढुंगाको ढाप पुगिसकेको छ । यस आर्थिक बर्षभित्र सोलुखुम्बुको सिमानासम्म लेभलिङ सकिने बताइएको समाचारपत्र दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here