युद्धविरामपछि पनि काश्मिरमा १८ को मृत्यु

मुस्लीम समुदायको महत्वपूर्ण पर्व रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएपनि आक्रमण र हिंसाका घटना भइरहेका छन् । भारत नियन्त्रित काश्मिरमा गोली लागेर पाँच जना लडाकू मारिएको भारतीय सेनाले आइतबार जनाएको छ । युद्धविराम घोषणा भएपछिको यो चौथो घटना हो । यसक्रममा कम्तीमा १६ जना लडाकू मारिएका छन् । गत मे १६ तारिखदेखि भारतको सरकारी सेनाले काश्मिर क्षेत्रमा युद्धविरामको घोषणा गरेको थियो ।

त्यसैगरी तालिवान लडाकूले विद्धविराम घोषणा गरिसकेपछि पनि अफगानिस्तानमा सुरक्षा चौकीमा आक्रमण भएको छ । दक्षिणी कान्दाहार प्रान्तमा पर्ने अर्घान्डाव जिल्लामा रहेको सुरक्षा चौकीमा आइतबार आक्रमण भएको अधिकारीले बताएका छन् । आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी मारिएको नाम उल्लेख नगर्ने शर्तमा एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here