सिंगापुर पुगे ट्रम्प र किम

काठमाडौँ, २८ जेठ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङउन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । क्यानडामा भएको जी ७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिंगापुर ओर्लेका हुन् ।

उत्तर कोरियाली नेता किम सिंगापुृर पुगेको केही घण्टापछि ट्रम्प त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिंगापुरका अधिकारीले किम कुन जहाजमा आर्यरहेका छन् भन्ने यकिन नभएकोले अन्दाज गर्दै बसेको जनाएका थिए ।

उत्तर कोरियाली राजधानी प्योङयाङबाट सिंगापुरतर्फ आईतबार ३ वटा हवाईजहाज सिंगापुरतर्फ आईतबार ३ वटा हवाईजहाज आएका थिए । तर उत्तर कोरियाली अधिकारले किम तीमध्ये कुन जहाजमा यात्रा गर्दै छन् भन्नेबारे जानकारी गराएका थिएनन् । कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here