पर्वतारोहणमा अक्सिजन ठगीः डेढ सयको अक्सिजन ६० हजारसम्म बिक्री

काठमाडौं, २ असार ।

७२ सय लिटरको मेडिकल अक्सिजन पाँच सय ५० मा खरिद गरेर १२ सय लिटरका ६ वटा सिलिन्डरमा भरेर प्रतिसिलिन्डर ६० हजार रूपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ । सरकारको नियमन निकायको बेवास्ताले कम गुणस्तरका अक्सिजनलाई धेरै रकममा बिक्री गर्दा आरोही ठगिएका छन् ।

पर्वतारोहणमा प्रयोग गरिने अक्सिजनको मापदण्ड डिउ पोइन्ट मोइस्चर माइनस ६० डिग्री हुनुपर्छ, यो लिक्विड अक्सिजनमा मात्र हुने गर्छ, जुन माइनस १ सय ८३ डिग्रीमा मात्र लिक्विड अक्सिजन बन्ने गर्छ यो अक्सिजन उच्च हिमाली क्षेत्रको चिसो र अक्सिजनको एकदमै अभाव भएको क्षेत्रमा प्रयोग गरिन्छ । तर हिजोआज ६० प्रतिशत बढी अक्सिजन कम गुणस्तरको सस्तो मेडिकल अक्सिजन प्रयोग हुने गरेको अन्नपूर्णमा खबर छ ।

पर्वतारोहणमा प्रयोग गरिने अक्सिजनसम्बन्धमा कुनै चासो नराखेको पर्यटन विभागले अन्नपूर्ण पोस्टमा समाचार प्रकाशनपछि चासो बढाएको छ । ‘प्राविधिक विषय भएकाले जानकारी थिएन, छलफल र नियमन अगाडि बढाएका छौं’, विभाग निर्देशक तथा पर्वतारोहण शाखा प्रमुख रामप्रसाद सापकोटाले भने, ‘पर्यटनसँग सम्बन्धित निकाय र विज्ञहरूसँग परामर्श थालेका छौं, विकृतिलाई तत्काल नियन्त्रण गर्नेतर्फ लाग्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here