सरकारको कामले जनस्तरमा राम्रो प्रभाव परेको निष्कर्ष !

काठमाडौँ, ३ असार ।

नेपाल कम्युनिष्ट पार्टीले सरकारको कामले जनस्तरमा राम्रो प्रभाव परेको निष्कर्ष निकालेको छ । पार्टी एकता प्रक्रियाले जनस्तरमा सकारात्मक प्रभाव पर्नुको साथै सरकारको कामले जनस्तरमा नयाँ आशा जगाएको निष्कर्ष निकालेको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास वालुवाटारमा शनिवार बसेको पहिलो स्थायी कमिटीको बैठकले सरकारको कामलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने पनि निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताबद्ध भएपछि कार्यकर्ता र जनसमुदायमा पैदा भएको उत्साहलाई आत्मसात गर्दै पार्टी निर्माणमा जुट्न सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टी एकतालाई अझ सुदृढ र फलदायी बनाउन दुबै अध्यक्षले पार्टी पंक्तिलाई आह्वान र निर्देशन गर्नुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठकले पार्टी एकता एक अद्वितीय, असाधारण र विशिष्ट घटना भएकाले त्यसका आधारमा अघि बढ्नुपर्नेमा जोड दिदै सांगठिक एकीरकणको प्रक्रियालाई छिटोभन्दा छिटो अघि बढाउने निष्कर्ष निकालेको समाचारपत्रमा खबर छ । सरकारका कामहरुको जनस्तरमा राम्रो प्रभाव परिरहेको निष्कर्ष निकाल्दै बैठकले थप विषयमा आत्मसमीक्षा गर्दै अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुका साथै सरकारका कामहरुमा पार्टी पंक्तिलाई परिचालन हुन आह्वान गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here