बिरामीको मृत्युपछि पाटन अस्पतालमा तोडफोड

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि पाटन अस्पतालमा मृतकका आफन्तले तोडफोड गरेका छन्। एपेन्डिसाइटिसको अप्रेसन गरेका बिरामी ललितपुर छम्पी घर भएका १७ वर्षिय क्रिष्टर मगरको सोमबार मृत्यु भएको थियो। मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा तोडफोड गरेका हुन्।

आफन्तले तोडफोड गरेपछि अस्पतालमा केही समय तनावग्रस्त भएको ललितपुर परिसरका डिएसपी नरेन्द्र चन्दले बताए। मगरको आइतबार अप्रेसन गरिएको थियो। अप्रेसनपछि उनको स्वास्थ्य बिग्रिएपछि आइसियूमा राखिएको थियो। अाफन्तले छानबिन गरी चिकित्सकमाथि कारबाहीको माग गरेका छन्।

स्रोत : स्वास्थ्यखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here