एम्बाप्पेलाई कोरोना संक्रमण

0
34

पेरिस — फ्रान्सेली फुटबल खेलाडी केलियन एम्बाप्पेलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय टोलीबाटै अन्तर्राष्ट्रिय खेल खेलिरहेका बेला सोमबार उनलाई कोरोना संक्रमण पुष्टि भएको फ्रेन्च फुटबल संघ(एफएफएफ) ले जनाएको छ ।

सोमबार बिहान परीक्षणका क्रममा उनलाई कोरोना पोजिटिभ देखिएको पनि एफएफएफले जानकारी दिएको छ । कोरोना पुष्टि भएसँगै उनलाई फ्रान्सेली राष्ट्रिय टिमबाट ‘आइसोलेट’ गरिएको छ ।

यूईएफए नेसन्स लिगअन्तर्गत मंगलबार फ्रान्सले घरेलु मैदानमा क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । शनिबार एम्बाप्पेकै एक मात्र गोलमा फ्रान्सले स्विडेनलाई १–० गोलअन्तरले हराएको थियो ।

२१ वर्षीय एम्बाप्पे कोरोना भाइरसबाट संक्रमित हुने पीएसजीका सातौं खेलाडी हुन् । यसअघि नेयमार, एन्जल डी मारियासहित पीएसजीका ६ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here