कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो, आज १२ सय दुईजनामा संक्रमण

0
44

पछिल्लो २४ घण्टामा देशभर थप १२ सय दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १० हजार एक सय ७६ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार थप भएकासमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५३ हजार एक सय २० पुगेको छ ।

त्यसैगरी संक्रमणमुक्त भएर पछिल्ल्लो २४ घण्टामा आठ सय ५२ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको संख्या ३७ हजार पाँच सय २४ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या भने १५ हजार दुई सय ६० छ ।

त्यसमध्ये नौ हजार  संस्थागतमा   जना र होम आइसोलेसनमा  जना रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमित भएका एक सय ६० जनाको आइसियू र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here