थप एक हजार १७० सहित ५५ हजार ३२९ सङ्क्रमित, १५ जनाकाे मृत्यु

0
14

काठमाडौं, भदौ २९ गते । नेपालमा कोरोना भाइरसका एक हजार १७०जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५५ हजार ३२९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा एकहजार ८७९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३९ हजार ५७६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ

हाेम अाइसाेलेसनमा सातहजार २७५ सहित कुल १५ हजार ३६० पुगेकाे छ ।  सकृय सङ्क्रमितहरू १५ हजार ३९३ रहेका छन् । क्वारेन्टिनमा छहजार ८९२ रहेका छन् ।

१५ जनाकाे मृत्यु

पछिल्लो चौबीस घण्टामा १५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना भाइरसका कारण मृत्यु भएका ३६० पुगेकाे छ ।

यस्तै, राससका अनुसार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ३९९ महिला र ७७१ पुरुषमा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार १० हजार ८७८ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार १७० जनामा सङ्क्रमण देखिएको हो ।

त्यस्तै अहिलेसम्म कूल आठ लाख ५१ हजार ४०५ जनामा पिसिआर परीक्षण गरिएको छ ।  यस्तै विगत २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन । हालसम्म ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन । कोभिड १९ जितेर ७१.५४ प्रतिशत सङ्क्रमित घर फर्किसकेका छन । यस्तै सङ्क्रमितमध्ये १५ हजार ३९३ सक्रिय छन । यस्तै सात हजार २७५ होमआइसोलेसन, आठ हजार ११८ संस्थागत आइसोलेसन र छ हजार ८९२ जना क्वारेन्टिनमा छन ।

यसैगरी सङ्क्रमितमध्ये सघन उपचार कक्ष (आइसियु)मा १७९ र भेन्टिलेटरमा २९ जना रहेका छन । आइसियुमा प्रदेश नं. १ मा पाँच, प्रदेश नंं २ मा नौ, वागमतीमा १२९, गण्डकीमा छ, प्रदेश नंं ५ मा २० जना र कर्णाली प्रदेशमा १० जना छन । यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा एक, वागमतीमा २६, प्रदेश नं. ५ मा एक र सूदुरपश्चिम प्रदेशमा एक जना रहेका छन ।

सात जिल्ला संक्रमण शून्य    

मन्त्रालयका प्रवक्ता डा. गौतमा अनुसार ५०० भन्दा बढी सङक्रमित भएका सात जिल्ला मोरङ, सुनसरी, सर्लाही, काठमाडौ, चितवन, भक्तपुर र रुपन्देही छन् । सङ्क्रमति शुन्य रहेकामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here