युभेन्टसमा पिर्लोको विजयी सुरुवात

0
36

टुरिन — प्रशिक्षकका रूपमा आन्द्रे पिर्लोले इटालीको सिरी ‘ए’ मा आइतबार विजयी सुरुवात गरेका छन् । साम्पडोरियामथि युभेन्टसको लगातार दसौं जितको अन्तर ३–० रह्यो ।

डेब्युमा डेजन कुलुसेभ्सकीले गोलको खाता खोलेपछि लियोनार्डो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे । मिलान र युभेन्टसका प्रशिक्षक रहेको पिर्लोले आश्चर्यजनक रूपमा टुरिन क्लब हेर्ने जिम्मा पाएका हुन् ।मउरिजो सारी बर्खास्त भएपछि प्रशिक्षणमा अनुभव नभएका पिर्लोलाई अवसर दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here