कोरोना संक्रमण निको हुनेको संख्या ४७ हजार नाघ्यो, २४ घण्टामा १ हजार ५ डिस्चार्ज

0
25

काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ । आइतबार मुलुकभर ९ सय ६६ संक्रमित निको भएका थिए । सोमबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा पीसीआर विधिबाट ९ लाख २३ हजार ८२३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ९ हजार ५ सय ३३ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा ७ हजार ४ सय ३ जना रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । २४ घन्टामा थप १६ जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ६ सय ९० रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here