थाइल्यान्डमा रेल र गाडी ठोक्किँदा कम्तिमा १७ को मृत्यु, दर्जनौँ घाइते

0
45

बैंकक : थाइल्यान्डमा रेल र गाडी ठोक्किँदा १७ को मृत्यु भएको छ । आइतबार बिहान तीर्थयात्री बोकेको बस रेलमा ठोक्किँदा २९ जना घाइतेसमेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।राजधानी बैंककदेखि दुई घण्टा पर रहेको मन्दिरतर्फ गइरहेको यात्रुबाहक बस रेलमा ठोक्किएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा परेका घाइतेको उद्धार गरिएको छ । अधिकारीहरूका अनुसार मृतक संख्या बढ्न सक्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here