हज तीर्थयात्रामा जाने चिनियाँ मुस्लिमहरुलाई कडा नियम

0
42

बेइजिङ : चीनले वार्षिक रुपमा साउदी अरेबियामा हजयात्राका लागि जाने चिनियाँ मुस्लिम तीर्थयात्रीहरुका लागि नयाँ नियम घोषणा गरेको छ ।चिनियाँ सरकारले उनीहरुलाई देशको इस्लामिक संघ मार्फत मात्रै तीर्थयात्रामा जान आदेश दिएको छ । साथै चिनियाँ मुस्लिमहरुलाई यस नियमको विरोध नगर्न पनि चीन सरकारले आदेश दिएको छ ।

चीनमा उघुर तुक्र्स र हुइ गरी जम्मा २ करोड मुस्लिम जनसंख्या छ । जसमध्ये उघुर पूर्वी तुर्केस्तानबा आएका हुन् भने हुइ मुस्लिम चीनकै आदिवासी समुदाय हो । यस वर्ष ११ हजार ५ सय मुस्लिम साउदी अरेबियामा हुने हज पर्वका लागि जाने अपेक्षा गरिएको छ । जब कि, २०१६ मा १४ हजार ५ सय तीर्थयात्री साउदी गएका थिए भने गत वर्ष १२ हजार ८ सय मात्रै हज तीर्थयात्रामा गएका थिए ।

हजयात्रीका लागि जारी गरिएका नियम २४ बुँदामा उल्लेख छन् । जसमध्ये एक चाहिँ चिनियाँ मुस्लिम तीर्थयात्रीलाई हज गर्न साउदी पठाउनका लागि चाइनिज इस्लामिक एसोशिएसन मात्रै चिनियाँ आधिकारिक संस्था भएको बताइएको छ ।

यसवाहेक अन्य कुनै पनि व्यक्ति वा संस्थाले यस तीर्थयात्राको व्यवस्थापन वा आयोजना गर्न नसक्ने नियम जारी गरिएको छ । चीनको सिङजियाङ प्रान्त १ करोड भन्दा धेरै उघुर मुस्लिम बसोबास गर्ने स्थान हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here