पेलेलाई पछ्याउँदै नेयमर

0
37

काठमाडौँ — ब्राजिलका लागि सर्वाधिक गोल गर्ने सूचीमा दोस्रो स्थानमा उक्लिन नेयमरले मंगलबार पेरुविरुद्ध ह्याट्रिक गरे । पेरिस सेन्ट जर्मेन –पीएसजी) का स्टारले अहिलेसम्म ब्राजिलका लागि ६४ गोल गरिसकेका छन् ।

यो रोनाल्डोको भन्दा दुई बढी हो । यस्तै उनी पेलेभन्दा १३ गोलले पछाडि छन् । नेयमरले पेनाल्टीबाट पहिलो गोल गर्दै रोनाल्डोको बराबरी गरेका हुन् ।

पछि दोस्रो पेनाल्टीमा गोल गरेर रोनाल्डोलाई उछिने । यसक्रममा २८ वर्षीय खेलाडी हातबाट ९ नम्बरको संकेत गरे । यो बार्सिलोना, रियल म्याड्रिड र कोरिन्थियन्सका लागि खेलेका रोनाल्डोप्रतिको सम्मान थियो । सन् २०१० मा ब्राजिलका लागि डेब्यू गरेका नेयमरले १ सय ३ खेलमा ६४ गोल गरेका हुन् । पेलेले ९२ खेलमै ७७ गोल गरेका थिए ।

प्रशिक्षक टिटेले नेयमरलाई ब्राजिलका पुराना महान खेलाडीसँग तुलना गर्नु अन्याय हुने बताए । उनले भने, ‘कोही पनि खेलाडीको कोहीसँग तुलना गर्नु ठीक होइन । हामी यत्ति भन्न सक्छौं, नेयमरले कति बेला कसरी खेलको स्वरूप पल्टाउने गर्छन्, भन्न सकिन्न । उनी मौका सिर्जना गर्छन् र त्यसमै गोल पनि गर्छन् । मलाई लाग्छ, उनी समयअनुसारका राम्रा, परिस्कृत र परिपक्व खेलाडी भएका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here