जापानी प्रधानमन्त्री पदाशीन भएपछि पहिलो विदेश भ्रमणमा

0
33

टोक्यो : जापानका प्रधानमन्त्री योशिहिदे सुगा प्रधानमन्त्री पदमा आशिन भएपछि पहिलो विदेश भ्रमणका लागि भियतनाम जाने भएका छन् ।यही अक्टोबर १८ देखि २१ सम्मका लागि उनले प्रधानमन्त्रीको रुपमा भियतनाम भ्रमण गर्ने भएका हुन् । भियतनामपछि सुगा इन्डोनेसिया पनि पुग्नेछन् ।

जापानका यसअघिका प्रधानमन्त्री सिन्जो आबेले पनि प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो विदेश भ्रमणको लागि भियतनाम र  इन्डोनेसिया नै गएका थिए । सिन्जो आबे स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा दिएपछि गत महिना सुगा प्रधानमन्त्रीमा चयन भएका थिए ।

सिन्जो आबेले प्रधानमन्त्रीको एक वर्ष कार्यकाल बाँकी छँदा नै गत अगस्टको अन्तिम साता राजीनामा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here