सडक सञ्‍जालसँग जोडिदै डोल्पा र मुस्ताङ

0
33

जोमसोम : गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङ र कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा जोड्ने सडकको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगत सडक डिभिजन कार्यालय बाग्लुङले सडक विस्तारको जिम्मा लिएको सव इन्जिनियर सगुनकुमार सार्कीले जानकारी दिए

संघीय सरकारको भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गण्डकी प्रदेशको मनाङ र मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा र मुगु गरी ४ जिल्ला जोड्ने उद्देश्यले आर्थिक वर्ष २०७६/०७७ मा ११ करोड बजेट बिनियोजन गरेको सव इन्जिनियर सार्कीले बताए ।उनका अनुसार कर्णालीको डोल्पा र गण्डकी प्रदेशको सीमाना याकखर्कसम्म सडक विस्तार गर्नका लागि अहिले ५ प्याकेजमा काम भइरहेको जानकारी दिए ।

जसअनुसार मुस्ताङको साङ्ता हुँदै याकखर्क सम्म सडक जोड्न मुस्ताङको वारागुङ मुक्तिक्षेत्रको एक्लेभट्टी देखि कुल ५ प्याकेजमा काम भईरहेको छ । अहिले प्याकेज ५ को साङ्ता देखि करिव ७ किमी नया ट्याक ओपन गरिएको छ । सवईन्जनीयर सार्कीका अनुसार एक्लेभट्टीदेखि सुरुवाती २ प्याकेजको करिब १४ किमी सडकको बजेट २ करोड ,तिरी तालदेखि वारागुङ मुक्तिक्षेत्र—५  साङ्ता गाउँसम्मको करिब १७ किमी सडकको २ प्याकेजको २ करोड र साङ्तादेखि याकखर्क जोड्ने करिब १२ किमी सडकको बजेट ५ करोड रहेको छ ।

मुस्ताङ र डोल्पा जोड्ने सडकको प्याकेज १ र २ को सडक निर्माणको काम महादेव निर्माण सेवा ,प्याकेज ३ र ४ को सडक निर्माणको काम अमित बिल्डर्स र प्याकेज ५ को सडक निर्माणको जिम्मा राधाकृष्ण एण्ड ब्रदर्श कन्ट्रक्सनले जिम्मा  लिएको हो ।
सरकारले मुस्ताङ र डोल्पा जोड्ने उद्देश्यले सीमावर्तीक्षेत्र याक खर्क सम्म सडक पुर्‍याउने लक्ष्य राखेको छ । डोल्पाबाट पनि मुस्ताङ जोड्ने सडक विस्तारको काम भइरहेको छ । यसअघि भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा ४ करोड बजेट बिनियोजन गरेको थियो । मुस्ताङबाट डोल्पा जोड्ने उक्त सडक ११ मिटर चौडा हुने जनाइएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषम अवस्थामा समेत मुस्ताङ—डोल्पा सडकको कामले धमाधम तीव्रता पाएको छ ।सब इन्जिनियर सार्कीका अनुसार डोल्पा जोड्ने सडकअन्तर्गत प्याकेज १ र २ मा ७० प्रतिशत र प्याकेज ३ र ४ मा ८५ प्रतिशत र प्याकेज ५ को काममा ५० प्रतिशत भौतिक प्रगति भएको छ । उनले प्याकेज नं. ५ को काम बाहेक ४ वटै प्याकेजको काम कार्तिक मसान्तभित्र सम्पन्न हुने र प्याकेज ५ को काम चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको बताए ।

निकै भौगोलिक विकटता रहेको उक्त मुस्ताङ-डोल्पा जोड्ने सडक करिब ४५ सय मिटर माथिको उचाईबाट सडक स्तरोन्नति कार्य भइरहेको जनाइएको छ । मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले नेपालको उत्तरी हिमाली क्षेत्र र पञ्चिमका विभिन्न जिल्ला सम्म सडक कनेक्टिभिटीले जोड्ने उद्देश्यले आफुले सदन र भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर पहल गरेको बताए ।

सांसद तुलाचनले कर्णाली प्रदेशको डोल्पा र गण्डकीको मुस्ताङ जिल्ला सडक कनेक्टिभिटीले जोडिएमा दुई प्रदेशको आन्तरिक व्यापार तथा पर्यटन र स्थानीयबासीलाई आउजाउमा सहज हुने जानकारी दिए ।

उत्तरी डोल्पाको हिमाली क्षेत्रका बासिन्दालाई खाद्यान्न तथा मालसमान ढुवानीका लागि मुस्ताङ आउजाउ गर्न सहज हुने वारागुङ-५ का वडाध्यक्ष राप्के गुरुङले जानकारी दिए । उनका अनुसार अहिले उत्तरी डोल्पाका स्थानीय मुस्ताङ आउदा हप्तौ लाग्ने गरेको सडक सञ्जालले जोडिएमा एकैदिन मुस्ताङ आउन सक्नेछन् । अहिले उत्तरी डोल्पाका स्थानीयले मुस्ताङबाट घोडा ,घच्चड र याकचौरीलाई बोकाएर खाद्यान्न तथा मालसमान डोल्पा पुर्‍याउँदै आएका छन्।

साथै सडकले  मुस्ताङको अत्यन्तै बिकट गाउ साङ्ताका स्थानीयलाई समेत मालसामान ढुवानी तथा आउजाउमा सहज हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here