ट्रम्पको आरोप: चीन, भारत र रुसले विश्‍वभर प्रदूषण फैलाउँदै छन्

0
33

वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्‍वभर प्रदूषण फैलाउन चीन, रुस र भारत जिम्मेवार भएको आरोप लगाएका छन् ।अमेरिका भने पर्यावरण रक्षामा अगाडि रहेको दावी गरे । साथै उर्जा क्षेत्रमा पनि अमेरिका आत्मनिर्भर रहेको ट्रम्पको भनाइ थियो । नर्थ क्यारोलिनामा बिहीबार चुनावी र्‍यालीको क्रममा ट्रम्पले यसो भनेका हुन् । राष्ट्रपति पदमा रहेर चार वर्षको कार्यकाल पूरा गर्नै लागेका ट्रम्पले आफ्नो कार्यकालमा देशले उपलब्धि हासिल गरेको पनि दावी गरे ।

‘मेरो कार्यकालमा अमेरिकाले पर्यावरणको रक्षा गर्दै उर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गरेको छ । पर्यावरण प्रदूषण र ओजोनमा भइरहेको क्षतिबारे अमेरिकाको तथ्यांक सबैभन्दा राम्रो छ,’ ट्रम्पले भनेका छन् ।

तर चीन, भारत, रुस जस्ता देश वायु प्रदूषण गराउन जिम्मेवार रहेको आरोप लगाएका हुन् । वायु प्रदूषण कम गर्नेबारे २०१७ मा भएको पेरिस सम्झौताबाट अलग हुने पनि उनले यसअघि बताएका थिए ।

उक्त सम्झौताबाट अमेरिकालाई खर्बौं डलरको नोक्सानी भइरहेको, रोजगारी गुमाउनु परेको र अन्य उद्योग प्रभावित भएको भन्दै उक्त सम्झौताबाट पछि हट्ने उनको चेतावनी थियो । दोस्रोपटक राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प ‘अमेरिका फर्स्ट’को नीति लिएर प्रतिस्पर्धामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here