२४ घण्टामा १६ सय ६९ जनामा कोरोना संक्रमण, ५ हजार ६९९ डिस्चार्ज,१६को मृत्यु

0
61

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ। पछिल्लो २४ घण्टामा १६ सय ६९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। १९ हजार ९६३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार ३५१ जना छन् र होम आइसोलेसनमा १३ हजार ६१२ छन्। यस्तै क्वारेन्टाइनमा ६८६ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ३२ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार ५ हजार ६९९ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १लाख ९९ हजार २४ पुगेको छ।

आइसीयूमा ३५९ जनाको र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट १३ सय २१ जनाको मृत्यु भएको छ। आइतबार मात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।