पेरिस — विश्वकपको युरोपेली छनोटमा बेल्जियमले मंगलबार बेलारुसमाथि ८–० को जित रचेको छ ।
यसमा हान्स भानकेनले दुई गोल गरे । बेल्जियम तीन खेलबाट ७ अंकसहित समूह ई को शीर्ष स्थानमा रह्यो ।
यसअघि यसै समूहको शीर्ष स्थानमा रहेको चेक गणतन्त्र भने वेल्सको हातबाट १–० ले पराजित रह्यो । समूह ए मा डिएगो जोटा र क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३–१ ले हरायो ।
पोर्चुगल समूहको शीर्ष स्थानमा छ र उसको तीन खेलबाट ७ अंक छ । यो समूहको अर्को खेलमा सर्बियाले अजरबैजानलाई २–१ ले पन्छायो ।
समूह जी मा नेदरल्यान्ड्सले जिब्राल्टरमाथि ७–० को ठूलो जित रच्यो । यस समूहको शीर्ष स्थानमा रहेको टर्कीले लात्भियासँग ३–३ को बराबरी खेल्यो ।
कमेन्ट गर्नुहोस्