Friday, January 17 2025
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै

प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै

निबार देशका भिन्दाभिन्दै कार्यक्रममा सहभागी गठबन्धनका नेताहरूले एमालेमाथि र एमाले नेताहरूले गठबन्धनमाथि जमेरै प्रहार गरे

आगामी ३० वैशाखमा एकै चरणमा हुन थालेको स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका प्रमुख दलका नेताहरूबीचको आरोप–प्रत्यारोपले राजनीति तात्दै जान थालेको छ । गठबन्धन, एमसिसी, संसद् विघटन र अदालतको आदेशमा केन्द्रित भएर नेताहरूबीच घोचपेचको राजनीति सुरु भएको छ । 

शनिबार देशका भिन्दाभिन्दै कार्यक्रममा सहभागी गठबन्धनका नेताहरूले एमालेमाथि र एमाले नेताहरूले गठबन्धनमाथि जमेरै प्रहार गरेका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न जिल्लामा दलका नेताहरूले राजनीतिक कार्यक्रमसमेत अघि बढाएका छन् ।

कसले के भने ?

भयरहित निर्वाचन गर्न सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री

काभ्रे/ प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् । काभ्रेको तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा शनिबार नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले निर्वाचनलाई सबै पक्षले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘देश अहिले स्थानीय तहको निर्वाचनको संघारमा छ, निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनु आवश्यक छ,’ उनले भने । देउवाले जनप्रतिनिधिले जनसवालका काम मात्र गरेर नहुने भएकाले काममा पारदर्शिता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित गर्नसमेत आवश्यक रहेको बताए । 

गठबन्धनलाई जनताको आँगनमा पछार्नुपर्छ : ओली 
एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतको फैसलाबाट बनेको सत्तारूढ गठबन्धनलाई चुनावबाट पराजित गरिने बताएका छन् । ‘यो गठबन्धन अदालतले बनाइदिएको हो । यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाऊ भन्ने हो, हामी जनताको बीचमा जाने हो,’ केन्द्रीय सम्पर्क समन्वय कमिटीअन्तर्गतका कार्यकर्ता प्रशिक्षणमा शनिबार ओलीले भने, ‘झगडियाको काम मुद्दा लड्ने हो, हामी जनताको बीचमा जान्छौँ । जनताको समर्थन लिएर सरकारमा जान्छौँ ।’ 

उनले अबको निर्वाचनबाट एमाले ठूलो दलको हैसियतबाट बहुमतप्राप्त पार्टी बन्ने दाबीसमेत गरे । ‘अहिलेको अवस्थामा हामी प्रतिपक्षमा छौँ, तर यो अस्थायी मात्रै हो । अहिले पनि हरेक ठाउँमा एमाले पहिलो र सशक्त पार्टी छ । अबको परिणामले एमाले ठूलो पार्टी मात्र होइन, अत्यधिक बहुमतको पार्टी हुन्छ,’ ओलीले भने । 

कांग्रेसले एमाले सरकारले गरेको कामबारे जनतामा भ्रम फैलाउने गरी गलत प्रचार गर्न सक्ने भन्दै कार्यकर्तालाई प्रतिवाद गर्न निर्देशनसमेत दिए । ‘कांग्रेसको चुनावसम्बन्धी नीति अघिल्लो सरकारको भण्डाफोर गरेर जाने, जे पायो त्यही भन्ने । कांग्रेसले जे पायो त्यही भन्छ, यो उसको पुरानो बानी हो,’ ओलीले भने, ‘कांग्रेसले ६० वर्ष पुगेकालाई कम्युनिस्टले गोली हानेर मार्छ भन्थ्यो, के अब कांग्रेस बुढाबुढीको छेउमा जान्छ त ? यी सबै कुराको प्रतिवाद गर्नुस् ।’ ओलीले एमाले फुटाएर एकीकृत समाजवादीको नेतृत्व गरेका माधवकुमार नेपालप्रति कटाक्ष पनि गरे । एमालेको सांसदको लोगो लगाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउने अनैतिक कामको नेतृत्व गरेको भन्दै ओलीले त्यस्तो क्रियाकलापको जनताको बीचमा भण्डाफोर गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

ओली बयलगाडाकै युगमा : प्रचण्ड

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन निर्वाचनसम्म कायमै रहने बताएका छन् । माओवादी सिन्धुली जिल्ला पार्टी कार्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनलाई लिएर सत्तासाझेदार दलहरूबीच छलफल भइरहेको बताए । ‘अहिलेको गठबन्धन निर्वाचनको समयमा पनि कायम रहन्छ । निर्वाचनको समयमा सत्तासाझेदार दलहरू एकता कायम गरेर जानुपर्छ भन्नेबारे हामीबीच छलफल भइरहेको छ,’ प्रचण्डले भने । 

तत्कालीन राजा ज्ञानेन्द्र शाहको घमण्ड र मूर्खताका कारण मुलुकमा गणतन्त्र आउन सम्भव भएको र ओलीको कुबुद्धिका कारण अहिलेको सत्तागठबन्धन बनेको प्रचण्डको भनाइ थियो । ‘ओलीका कारण गठबन्धन बनेको हो । उनलाई धन्यवाद दिनुपर्छ । अहिलेको अवस्था सिर्जना नभएको भए माओवादी केन्द्र जनतासँग जोडिन पाउँदैन थियो, देश र जनताको रक्षाका निम्ति लड्न पाउने अवसर प्राप्त हुँदैनथ्यो,’ प्रचण्डले भने ।  प्रचण्डले ओलीलाई परिवर्तन नपचेको आरोप लगाए । ‘लोकतान्त्रिक गणतन्त्रका लागि जनयुद्ध र जनआन्दोलन चलिराखेको थियो । तर, केही नेताहरू नेपालमा गणतन्त्र सम्भव छैन, गणतन्त्र आउँछ भन्नु र बयलगाडा चढेर अमेरिका जान्छु भन्नु एउटै हो भन्थे,’ उनले भने, ‘ती अहिले पनि गणतन्त्रको विरोधमा छन् । अहिले पनि बयलगाडाको सिद्धान्तमै छन् । उनीहरू संविधान उल्ट्याउन चाहन्छन्, गणतन्त्र उल्ट्याउन चाहन्छन् । यो देशलाई धार्मिक अतिवादमा लगेर विदेशीको अगाडि सुम्पिन चाहेका छन् ।’

प्रचण्डले आगामी निर्वाचन माओवादीका लागि गर वा मरको अवस्थामा रहेको र जनताकहाँ गएर माफी माग्न कार्यकर्तालाई निर्देशन दिए । ‘सबै नागरिकको घरघरमा पुगेर माफी माग्दै विगतमा हामीले केही गल्ती गर्‍यौँ , अब हामी यस्तो गल्ती दोहोर्‍याउँदैनौँ भन्ने प्रतिबद्धता जनाउनुहोला,’ प्रचण्डको भनाइ थियो । प्रचण्डले इँटको जवाफ पत्थरले दिन माओवादी तयार रहेको बताए । ‘अहिले माओवादी केन्द्रलाई जनताबाट कुनै पनि समस्या छैन । गुन्डागर्दीको चुनौती छ । यस्तो अवस्थामा इँटको जवाफ पत्थरले दिनुहोला,’ उनले कार्यकर्तालाई निर्देशन दिए । 

प्रचण्डले विगतमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पदच्यूत गर्न लाग्नु र तत्कालीन कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएदेखि नै माओवादी केन्द्र ओरालो लागेको सुनाए । उनले अहिले पनि एमसिसीको विषयलाई लिएर कार्यकर्ता र नेपाली जनताबाट पास नगर्ने, बरु सत्ताबाट बाहिरिन सुझाव र दबाब आएको भए पनि यसले पार्टी झन् ओरालो लाग्नेतर्फ सचेत भएकाले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गरेको बताए । व्याख्यात्मक टिप्पणी संसद्बाट अनुमोदन भएकाले यसले कानुनी रूप लिने उनले दाबी गरे । उनले व्याख्यात्मक टिप्पणीले जनतालाई अधिकार दिलाएको र टिप्पणीले अन्तर्राष्ट्रिय अदालतमा समेत मान्यता पाउने भएकाले यसको अर्थ रहेको बताए ।

चुनावमा ओलीको बाकसमा जिरो मत आउँछ : खनाल
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानविपरीत संसद् विघटन गर्ने एमाले अध्यक्ष केपी ओलीलाई अबको निर्वाचनमा जनताले सजाय दिनुपर्ने बताएका छन् । पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा खनालले त्यस्तो बताएका हुन् ।

 ‘केपी ओली र विद्या भण्डारीले संविधानका प्रावधानविरुद्ध गएर संसद् विघटन गर्ने योजना बनाए । यो दक्षिणपन्थी अवसरवाद र अपराध कर्म हो । सामान्य ऐन उल्लंघन गर्दा जेल जानुपर्छ, कैयन् वर्ष कैदी भएर बस्नुपर्छ । तर, संविधान नै उल्लंघन गर्नेलाई खै सजाय ? त्यसकारण अब सजाय दिने वेला आएको छ,’ खनालले भने, ‘अब आउने निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ र उनको बाकसमा जिरो मत पर्‍यो भने मात्र नेपाली जनताले संविधानको सही ढंगले रक्षा गरेको ठहरिन्छ ।’

अहिलेको सरकारले विकास गर्नु र साँढेले दूध दिनु उस्तै हो : लिङ्देन

 राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले विकास गर्नु र साँढेले दूध दिनु उस्तै भएको बताएका छन् । नेपालको राजनीति तीन दशकदेखि तीन दलको वरिपरि घुमेको र उनीहरूबाट विकास सम्भव नभएको उनको भनाइ छ । 

‘नेपालका तीन राजनीतिक दलले विकास गर्नु भनेको साँढेको टाङमुनि बाल्टिन थापेर दूध दिएन भन्नुजस्तै हो । साँढेलाई जति घाँस हाले पनि, दाना खुवाए पनि दूध दिनेवाला छैन, यस्तै अहिलेको सरकारले पनि जति वर्ष सरकार चलाए पनि देश विकास गर्नेछैन,’ उनले भने । 

उनले कांग्रेस सभापति तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवालाई कतिपटक र कति वर्ष प्रधानमन्त्री बनाउँदा देशको विकास हुन्छ भनेर नेपाली जनताले सोध्नुपर्ने बताए । एमसिसी व्याख्यात्मक टिप्पणीसहित पास गर्नु भनेको आफ्नो जमिन बिक्री गरेर परिवारका सदस्य बसेर ६ महिनाभित्र फलानोले फिर्ता गर्नेछ भन्नुजस्तै भएको उनको टिप्पणी छ । ‘अहिलेको सरकारले एमसिसीबाट आएको रकमले यस्तो गर्छु, उस्तो गर्छु भन्नु नेपाली जनतालाई भ्रममा राख्नु मात्रै हो,’ उनले भने, ‘यो रकमले केही किलोमिटर विद्युत् लाइन विस्तारभन्दा केही हुनेछैन, यसले नेपाललाई भन्दा भारतलाई सहयोग पुग्छ ।’ 

कांग्रेस जे बोल्छ, त्यो गर्छ : डा. महत
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सत्तासाझेदार अन्य दलले ल्याउने प्रस्तावमा चुनावी गठबन्धन हुने–नहुने भर पर्ने बताएका छन् । तर, स्थानीय निर्वाचनमा गठबन्धनबीच तालमेलको सम्भावना एकदमै न्यून रहेको उनको भनाइ छ । तालमेलको बहसमा नलाग्न कार्यकर्तालाई निर्देशन दिए । ‘सत्तागठबन्धन दलबीच निर्वाचनमा तालमेल हुने निश्चित छैन । कांग्रेसले एक्लै चुनाव जित्छ, अरू दलसँग तालमेल किन गर्नुपर्‍यो,’ प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता डा. महतले भने, ‘सत्तागठबन्धन दलले ल्याएको प्रस्तावको आधारमा कांग्रेसले निर्णय लिन्छ । अरू दलले कस्तो प्रस्ताव ल्याउँछन्, जित–जित हुने अवस्थामा मात्र गठबन्धन दलको प्रस्तावलाई स्विकार्न सकिन्छ । निर्वाचनमा समेत तालमेल गर्ने गरी गठबन्धन बनेको होइन । विशेष परिस्थितिमा बनेको गठबन्धन निर्वाचनसम्म नजान पनि सक्छ ।’

प्रवक्ता डा. महतले एमसिसी नेपाल र नेपालीको हितमा भए पनि सत्तागठबन्धनमा रहेका दलले नै बाहिर अफवाह फैलाएको आरोप लगाए । सत्तामा बसेका दलले एमसिसीविरुद्ध बाहिर नाराबाजी गर्न लगाएको बताउँदै उनले कांग्रेसले आफ्नो अडान नछोडेपछि अरू दल पनि लाइनमा आएको बताए । ‘अरू दलजस्तो कांग्रेस होइन, कांग्रेस जे बोल्छ, त्यो व्यवहारमा उतार्छ, जनतालाई देखाउन बाहिर विरोध गर्ने, तर संसदमा समर्थन जनाउने दल होइन,’ डा. महतले भने । उनले चैत महिनामै कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवार टुंग्याउने स्पष्ट पारे । उनले चुनावमा जित्नका लागि जाने भएकाले जित्न सक्ने नेताको पहिचान गरी उम्मेदवार बनाउने बताए । ‘आफ्नो मान्छेभन्दा राम्रो र भोट तान्न सक्ने लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिइनेछ,’ उनले भने । 

 

कमेन्ट गर्नुहोस्