काठमाडौं, भदौ ११ गते । युभेन्ट्सले पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई बिक्रि गर्न चाहेको जनाएको छ । ३६ वर्षीय रोनाल्डोको युभेन्ट्ससँगको सम्झौता सकिन अझै एक वर्ष बाँकी छ ।
यूडिनिज बिरुद्धको खेलमा प्रारम्भिक एघारमा स्थान नदिइएका रोनाल्डोको भविष्यलाई लिएर विभिन्न प्रकारको आँकलन गरिएको छ । रोनाल्डोको एजेन्ट जर्ज मेन्डेसले यूरोपेली प्रमुख क्लबहरुसँग नियमित सम्पर्कमा हुनुहुन्छ । म्यान्चेष्टर सिटी र पेरिस सैन्ट जर्माइनसँग उहाँले नियमित छलफल गर्नुभएको छ ।
मेन्डेसले बिहीबार युभेन्ट्सका उपाध्यक्ष पाभेल नेदभेद, कार्यकारी प्रमुख मौरिजियो अरिमाबेनसहितका वरिष्ठ अधिकारीसँग छलफल समेत गर्नुभएको छ । तीन वर्ष अघि युभेन्ट्सले रोनाल्डोलाई चार वर्षका लागि नौ करोड ९२ लाख पाउन्डमा अनुबन्धन गरेको थियो । रोनाल्डो भने रियल मड्रिडबाट युभेन्ट्स सरे यता सन्तुष्ट हुन सक्नुभएको छैन् ।
रोनाल्डोको आगमन यता इटालीका प्रमुख क्लब युभेन्ट्सले च्याम्पियन्स लिगमा गतिलो प्रदर्शन गर्न सकेको छैन् । गएको दुई संस्करणमा ऊ क्वार्टरफाइनलबाटै बाहिरिएको छ । लगातार नौ पटक सिरी ए को उपाधि जितेको युभेन्ट्सले गएको संस्करणमा उपाधि समेत जोगाउन सकेन ।
कमेन्ट गर्नुहोस्