काठमाडौं, भदौ १० गते । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने सम्भवना रहेको जनाएको छ । केही दिनदेखि मनसुन सक्रिय भइ शुरु भएको वर्षा बिहीबारदेखि तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा ठूलो पानी पर्ने सम्भवना रहेको विभागले जनाएको हो । त्यस्तै वर्षाका कारण आकस्मिक रूपमा नदिमा पानीको बहाव बढ्ने हुनाले सावधानी अपनाउन अनुरोध गरेको छ । त्यस्तै महाशाखाले आकस्मिक बहावले देशका विभिन्न स्थानमा बाढीले क्षति पु-याउन सक्नेभन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बिहीबार काठमाडौं उपत्यका, उदयपुर, सिन्धुली र दाङ क्षेत्रमा पानीको बहाव आकस्मिक बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ । विहानैदेखि नारायणी नदीको नवलपुर क्षेत्रमा बाढीले सतर्कता तह पार गरी सकेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।
'दिनभरजसो कमला नदीमा धेरै बाढी आउन सक्ने सम्भावना छ हामीले त्यस क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिसकेका छौ', उहाँले भन्नुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यबस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना रहेकोले सजग रहन आग्रह गरेको छ ।
कोशी, बागमती, नारायणी, पश्चिम राप्ती, ववई, कर्णाली र महाकाली नदीको ८८ वटा स्थानमा स्टेशन राखी नियमित पानीको सतह हेरेर सचेत गराउँदै आएको छ । शुक्रबार सुदूरपश्चिम क्षेत्र र शनिबार उदयपुर काठमाडौं उपत्यका, सिन्धुली, दाङ क्षेत्रका नदीहरुमा बाढीको सम्भावना बढी भएको समेत विभागले जनाएको छ ।
२४ घण्टामा १४० मिलिमिटरभन्दा बढी पानी आएमा त्यसलाई खतराको तह मानेर सतर्कता अपनाउन भन्दै सूचना जारी गर्नेगरेको विभागले जनाएको छ । विहीबार विहानैदेखि नारायणी नदीको नवलपुर क्षेत्रमा १८२ मिलिमिटर पानी परेको छ । विभागले २०७ वटा स्टेशनबाट देशैभरका नदीहरुमा बाढीको मापन गर्ने गरेको छ ।
कमेन्ट गर्नुहोस्