Saturday, September 25 2021
ट्रेन्डिङ बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव

राहदानी सङ्ग्रहालय स्थापना

राहदानी सङ्ग्रहालय स्थापना

काठमाडौँ, भदौ ८ गते । नेपालको राहदानी प्रचलनको अभिलेख राख्ने उद्देश्यसहित राहदानी विभागले राहदानी सङ्ग्रहालय स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको विभागले नेपालको राहदानीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासम्म पु-याउन राहदानी सङ्ग्रहालय स्थापना गरेको हो ।

विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार नेपालमा राहदानी प्रयोगको इतिहास अभिलेखीकरण गर्न सङ्ग्रहालयले सघाउनेछ । विभागले नेपाली नागरिकको विदेश आवागमनका लागि कानुनी राहदानी जारी गर्नुका साथै त्यस्ता कागजपत्र व्यवस्थित गर्ने काम गर्छ ।

राहदानीको इतिहास कायम रहोस् भन्ने मनसायका साथ राहदानी सङ्ग्रहालय खुलाइएको विभागका निर्देशक तथा प्रवक्ता राजेन्द्र पाण्डेले बताउनुभयो । हालसम्म निकै पुराना दुईवटासहित ६० वटा राहदानी सङ्कलन भइसकेको छ । राहदानी सङ्ग्रहालयलाई भौतिक सामग्रीसहित अवलोकन गर्नेभन्दा पनि डिजिटल रूपमै विश्वका जुनसुकै कुनाबाट हेर्न मिल्ने बनाउने अभियान विभागले थालेको उहाँले बताउनुभयो ।

सङ्ग्रहालयमा आइपुगेका दुई पुराना राहदानीमध्ये एक राहदानी इन्दुशमशेर थापाको नाममा सन् १९५९ नोभेम्बर १९ मा जारी भएको राहदानी छ । उहाँका छोरा गौरवशमशेर थापाले केही दिनअघि मात्रै विभागलाई सङ्ग्रहालयमा सुरक्षित राख्न राहदानी हस्तान्तरण गर्नुभएको थियो । प्राचीन नेपाली शैलीमा निर्माण गरिएको सो राहदानीको भित्री पाना तथा भिसाको मिति तोक्ने पानाहरूको उल्लिखित विवरणले नेपालको पुरानो कालखण्डको भाषा झल्काउने गर्छ । 
ऐतिहासिक राहदानीको रोचक जानकारी दिने भएकाले त्यो राहदानी सङ्ग्रहालयको महìवपूर्ण गहना मानिएको पाण्डेले बताउनुभयो । त्यो राहदानी निर्माण गर्दा नेपाल सरकारको नाममा छपाइ भएको देखिन्छ तर पछि श्री ५ को सरकार बनाइएको पाइएको छ ।
लन्डनस्थित नेपाली दूतावासबाट जारी गरिएको त्यो पुरानो राहदानीमा दूतावासका तत्कालीन प्रथम सचिव झरेन्द्रनारायण सिंहले हस्ताक्षर गर्नुभएको छ । सङ्ग्रहालयलाई प्राप्त यो नै हालसम्मको पुरानो राहदानी हो । योभन्दा पनि पुरानो नेपालको कालखण्ड देखाउने अन्य राहदानीको पनि खोजी भइरहेको विभागले जनाएको छ ।

सङ्ग्रहालयको शोभा बन्न सक्ने पुराना राहदानी तथा यात्रा अनुमतिपत्रलगायत फेला परेमा वा आफ्ना परिवारसँग भएमा विभागलाई उपलब्ध गराइदिनसमेत आमनागरिकलाई अपिल गरेको छ । सङ्ग्रहालयको औपचारिक उद्घाटन हुन भने बाँकी छ । विश्व इतिहासमा पहिलो विश्वयुद्धपछि मात्र राहदानीको प्रचलन भएको मानिन्छ । त्यो बेला एकबाट अर्को देशमा आउन जान धातुका राहदानी जारी भएको पाइएको परराष्ट्रविद् डा. मदनकुमार भट्टराई सुनाउनुहुन्छ । औपचारिक प्रचलन भने सन् १९२० ताका लिग अफ नेसन्सको सम्मेलनको एक बैठकमा मुद्दा उठेपछि मात्र कागजमा अक्षर कुँदेका राहदानी प्रचलनमा आएको दाबी उहाँले गर्नुभयो ।


नेपालको हकमा सन् १९९१ मा पहिलो पटक बेलायतमा दूतावास स्थापना भएपछि राहदानीको सुरुवात भएको मानिन्छ । सोही आसपासमै नेपालले राहदानी जारी गर्ने औपचारिक प्रक्रिया सुरु गरेका मानिन्छ । 
उहाँले भन्नुभयो, “नेपालको पुरानो राहदानी असाध्यै वैज्ञानिक थियो, अहिलेभन्दा आकारमा अलिक ठूलो पनि थियो ।” त्यसको भित्र मोडिएको सिङ्गो नेपाली कागज हुन्थ्यो । त्यो पानालाई मोडेर पहिलो पानामा व्यक्तिगत विवरण राखिन्थ्यो । अन्य पानामा भिसा लगाउने व्यवस्था गरिएको हुन्थ्यो । महिलाको नाममा छुट्टै राहदानी जारी हुने व्यवस्था थिएन ।

भट्टराईले भन्नुभयो, “धेरै पछिसम्म पनि श्रीमान्कै नामसँग जोडिएर श्रीमतीको नाम राखिन्थ्यो अनि दुवैको एउटै राहदानी हुन्थ्यो ।” अझ रमाइलो त के थियो भने बच्चाको राहदानी बनाइन्थेन । बच्चा उसैको हो भनेर जनाउन आमाको फोटोसँगै बच्चाको फोटो टाँसेर उनीहरूको बच्चा हो भनेर प्रमाणित गरिन्थ्यो । 
अलिकपछि महिलालाई छुट्टै राहदानी दिने व्यवस्था गरिएको थियो । भट्टराईले आफूले देखेअनुसारको कुरा सुनाउँदै भन्नुभयो, “नेपालमा विदेश उड्ने विमानस्थल र जहाजसमेत नभएको त्यो कालखण्डमा महिलाले राहदानीबाहेक त्यसै जिल्ला काटेर जान पाउने व्यवस्था थिएन ।”

काठमाडौँ उपत्यकाबाट कुनै महिला बाहिर जानु परेमा थानकोटको चेकपोस्टमा कडा चेकजाँच हुन्थ्यो र सोधिन्थ्यो, “राहदानी खोइ ? नेपाली महिलाको सुरक्षाका लागि त्यसो गरिएको अनुमान छ । महिलाको राहदानीमा महिला भए कुमारी अवस्थाको नाम भनेर उल्लेख गरिएको हुन्थ्यो ।” 
शरीर र अनुहारको पूूरै हुलिया खुल्ने गरी विवरण लेखिएको हुन्थ्यो । राहदानी बोकेर विदेश जानुअघि भारत पुगेर विदेशी मुद्रा सटही गर्नुपथ्र्यो । अहिले खुलेको राहदानी सङ्ग्रहालयले त्यो विगतको इतिहासलाई भविष्यमको पुस्तासम्म पु¥याउन कोशेढुङ्गाको काम गर्ने जानकारी भट्टराईले दिनुभयो ।

नेपालमा सन् २०१० मार्च ३१ सम्म हस्तलिखित राहदानीकै प्रचलन थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको सदस्य बनेपछि भने नेपाल मेसिनबाट पढ्ने एमआरपी राहदानी जारी गर्न बाध्य भएको हो । नेपालमा सन् २०१० डिसेम्बर २६ देखि औपचारिक रूपमा एमआरपी कार्यान्वयनमा ल्याइएको हो । राहदानीहरूको सूची बनाउँदै आएको ‘हेनली राहदानी’ नामक संस्थाको सूचकाङ्क २०१८ का अनुसार नेपालको राहदानी ९५औँ स्थानमा छ ।

 

कमेन्ट गर्नुहोस्