काठमाडौँ — क्रिस्टियानो रोनाल्डोले देश र क्लबका लागि गरेको ८००औं गोलमा म्यानचेस्टर युनाइटेडले बिहीबार इंग्लिस प्रिमियर लिगमा आर्सनललाई ३–२ ले हराएको छ र लिग तालिकाको शीर्ष चार स्थानको नजिक पुगेको छ ।
यो जितपछि म्यानचेस्टर चौथो स्थानबाट तीन अंक मात्र पछाडि रह्यो । बिहीबारकै अर्को खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २–० ले हरायो ।
आर्सनलले इमिल स्मिथ रोको गोलले अग्रता लिएको थियो । त्यसपछि ब्रुनो फर्नान्डेजले म्यानचेस्टरका लागि बराबरी गोल फर्काए । रोनाल्डोले गरेको आफ्नो खेल जीवनको ८००औं गोलपछि म्यानचेस्टर पहिलो पल्ट अग्रता लिन सफल रह्यो ।
तर मार्टिन ओडगार्डको गोलले आर्सनल खेलमा फेरि फर्केको थियो । खेल सकिन २० मिनेट अगाडि पाँच पल्टको बेलन डे अर विजेताले पेनाल्टीबाट गोल गरे र टिमको जित निश्चित गरे । यो जितपछि म्यानचेस्टरको २१ अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ ।
कमेन्ट गर्नुहोस्