Thursday, February 13 2025
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप

दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप

काठमाडौं : २०५८ जेठ १९ गते बेलुकी नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो। उक्त दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भइसक्यो। तर, कसले हत्या गर्‍यो भन्ने अझै पत्ता लागेको छैन। यसबारेका आशंका र जिज्ञासाहरू मेटिएका छैनन्। बरु, अनेक अनुमान थपिँदै गएका छन्। यसको टुंगो नलाग्नुको कारण हो, अनुसन्धानलाई घटनाको जरोसम्म नपुर्‍याउनु। 

तत्कालीन राजा ज्ञानेन्द्र शाहले यसै वर्षको जेठ १९ गते ट्विटरमा मर्मस्पर्शी पंक्ति लेखेका थिए, ‘एक यस्तो हृदयका चोट जसलाई कहिल्यै भुल्न सकिन्न। साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतिलाई मात्र रहेछ। अनुत्तरित प्रश्नका उत्तरहरू पाउन अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन।’ शाहको यस ट्विटबाट के स्पष्ट हुन्छ भने, उनी तत्कालीन अवस्थामा बनेको छानबिन समितिले गरेको छानबिनमा सन्तुष्ट छैनन्। अनुत्तरित प्रश्नका उत्तर पाउन अझै कति कुर्नुपर्ने हो भन्ने खालको संकेत दिएका छन्। तर, त्यतिबेला उनीसँग प्रशस्त समय हुँदा पनि उनले छानबिनको काम स्पष्ट ढंगले गर्न सकेनन्। 

त्यसबेला प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको एउटा टोलीले थियो। सो टोलीले घटनास्थलको अवलोकन र प्रत्यक्षदर्शीहरूको बयान संकलनसमते गर्‍यो। तर, कुनै निचोड निकालेन। न त त्यसपछि कुनै खोजबिन गरियो। बिडम्बनाको कुरा, राष्ट्राध्यक्षको हत्यासहित त्यति ठूलो शाही संहार हुँदा पनि तत्कालीन संसद्मासमेत बहस भएन। राजनीतिक दलहरू घटनाको गहिराइमा पुग्नै चाहेनन्। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नयाँ राजाका रूपमा ज्ञानेन्द्रलाई स्थापित गर्नेमै केन्द्रित भए। स्थापित गरेका राजाबाट उनले पछि धोका पाए। पदमुक्त भएपछि उनले त्यो हत्याकाण्डलाई आफूले भन्ने गरेको ‘ग्रान्ड डिजाइन’ को नाम दिए। तर, धेरै खुलेनन्। चाहेनन्।

राजदरबारमा पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो। दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैंलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि नेपाली नागरिकले त्यसको विश्वास गरेका छैनन्। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यको गर्भमै छ।

जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसक्यो। तर उक्त घटनाको नमीठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन। जेठ २२ मा युवराज दीपेन्द्रको पनि मृत्यु भएको घोषणा गरिएसँगै वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए। राजा ज्ञानेन्द्रले राजगद्दी सम्हालेका बेला उनको सरकार लोकप्रिय थिएन। सरकार र राज्यसंयन्त्रप्रति निराशा बढेका कारण राजा ज्ञानेन्द्र १९ माघको कदमसम्म पुगे। 

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। ज्ञानेन्द्र प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोजे। त्यसपछि विभिन्न राजनीतिक दलहरूले २०६२÷६३ मा दोस्रो जनआन्दोलन चर्काएर नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरे। नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र सकियो। र, गणतन्त्र स्थापना भयो। ज्ञानेन्द्र नै नेपालको इतिहासमा अन्तिम राजा बने।

गिरिजाले भनेको ‘ग्रान्ड डिजाइन’ के थियो ? हत्या कसले, किन गर्‍यो भन्ने यकिन तथ्य त्यो अहिलेसम्म बाहिर आउन सकेको छैन। तत्कालीन सभामुख रानाभाट तथा प्रधानन्यायाधीश उपाध्याय सम्मिलित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको बताए। तर, यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन अझै भएको छैन। 

हत्याकाण्डलाई जोडेर विभिन्न पुस्तकसमेत सार्वजनिक भए। तर, ती पुस्तकले पनि सो घटनाको यथार्थ विवरण दिन सकेका छैनन्। घटना अझै रहस्यमय छ। पटक–पटक सरकारको नेतृत्व गर्नेहरूले हत्याकाण्ड भएको नारायणहीटी दरबारको प्रांगणमा उभिएर सत्य तथ्य बाहिर ल्याउने आश्वासनसमेत दिए। तर, कसैले पनि कदम चालेन। जसका कारण जेठ १९ नेपाली इतिहासको एक कहालीलाग्दो दिनका रूपमा चित्रित भएर रहिरहेको छ। 

हत्याकाण्ड लगत्तै तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा घटनास्थल त्रिभुवन सदनलाई भत्काउन लगाइएको थियो। हत्याकाण्डको खास रहस्य पत्ता लगाउन नसकिए पनि नारायणहिटी संग्रहालयले  त्रिभुवन सदनको पुनर्निर्माण गरेको छ।

हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा भएको राजदरबार हत्याकाण्ड ‘अति सुरक्षित’ स्थलमा भएको थियो। यद्यपि, तत्कालीन राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै सो दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने बताए। र, तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरे। सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो। तर, नेपाल सो समितिमा बसेनन्। उनले तत्काल राजीनामा दिएका थिए।

बाँकी २ सदस्यीय समितिले जेठ ३२ गते प्रतिवेदन बुझायो। २६ गतेदेखि काम सुरु गरेको समितिलाई सुरुमा काम सुरु गरेको मितिले ३ दिन समय दिइएको थियो। पछि फेरि ४ दिन थपिएको थियो। समितिले सम्पूर्ण प्रतिवेदनलाई ३ भागमा विभाजन गरेको थियो। पहिलो भागमा समितिको गठन तथा कार्यप्रक्रिया उल्लेख छ। दोस्रो भागमा घटनासँग सम्बन्धित तथ्य एवम् तथ्यांकहरूको प्रस्तुति र तेस्रो भागमा घटनाको यथार्थ विवरण उल्लेख छ। तर, समितिको प्रतिवेदनले आम स्वीकार्यता पाउन सकेन। अहिले पनि सो घटनालाई षड्यन्त्रको विभिन्न आयामको प्रतिफल मान्नेहरू प्रशस्तै छन्। 

‘स्वतन्त्र अनुसन्धान भएको छैन’

दीपेन्द्रलाई दोषी देखाएको उच्चस्तरीय छानबिन समितिको समिति सार्वजनिक भएपछि कुनै स्वतन्त्र अनुसन्धान भएको छैन। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको दोस्रो मन्त्रिपरिषद्मा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए। राजगद्दीबाट फालिएपछि पनि ज्ञानेन्द्रले राजनीतिक वक्तव्य दिन नछाडेको प्रतिशोधमा निधिले छानबिनको कुरा उठाए। तर, त्यो कुरा अगाडि बढेको छैन। निधिले भने, ‘मैले यस विषय संसद्मा पनि एकपटक कुरा उठाएको थिएँ। त्यतिबेला मैले यस विषय उठाउँदा राजावादी जस्तो पनि आरोप लगाइयो। यो त घट्ना घटाउने व्यक्ति सार्वजनिक नगरिँदासम्म छानबिन गर्न सकिने विषय हो।’

  • २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश
  • जेठ २२ गते तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन
  • उच्चस्तरीय छानबिन समितिको निष्कर्ष :‘युवराज दीपेन्द्रले आफू राजा बन्न गोली चलाएको’
  • राष्ट्राध्यक्षको वंश नाश हुँदा पनि तत्कालीन संसद्मा भएन बहस
  • गिरिजाले भनेको ‘ग्रान्ड डिजाइन’को तथ्य आएन बाहिर

त्यस्तै, पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हत्याकाण्ड भएको २० वर्ष पुग्दाको दिनमा सामाजिक सञ्जालमा टिवट् गर्दै राजदरबार हत्याकाण्ड अझै रहस्यमै रहनु लाजमर्दो भएको टिप्पणी गरेका थिए। ‘राजा वीरेन्द्रको वंश नाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको शृंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्रका निम्ति शोभनीय हैन,’ डा. भट्टराईले भन्छन्, ‘राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गरौं।’

‘फौजदारी अभियोग कसले गर्‍यो, किन गर्‍यो, के उद्देश्यले गर्‍यो भनेर मुद्दा चलाउने जिम्मेवारी राज्यको हो। त्यतिबेला पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै हुनुहुन्थ्यो। सरकारले किन गरेन, के कारणले गरेन, उसले जवाफ दिने कुरा हो।’ 

तत्कालीन राजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणि पाठकले छानबिनको बाहानामा राजनीति गर्ने दलहरूले दरबार हत्याकाण्डको विषयलाई मसला बनाएको बताए। ‘दीपेन्द्रले वीरेन्द्रलाई मारेर आफू राजा हुन खोज्या हो। त्यो एउटा दरबारको परिवारभित्रकै परिस्थितिले निर्माण गरेको कुरा हो। जुन सारा नेपाली र विश्वलाई पनि प्रष्ट थाहा भइसकेको छ,’ पाठकले भने, ‘छानबिन समितिले गरेको प्रतिवेदन पनि सार्वजनिक भइसकेको छ।’ दरबारभित्रका जिउँदा मान्छेले बोलेको कुरा मान्य नहुने ? भन्दै उल्टै प्रश्न गर्छन्। भन्छन्, ‘राजनीतिक दलहरूले राजनीति गर्नका लागि  छानबिनको प्रयास गर्न खोजिरहेका छन्। यद्यपि, छानबिन गर्न कसले रोकेको छ ? छानबिन गरेर तपाईंहरूको हिसाबले सत्यतथ्य बाहिर ल्याउनुहोस्।’ 

छानबिन आयोगका सदस्य तारानाथ रानाभाटले भने उक्त हत्याकाण्डको विषयमा कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताए। ‘जो जुन हिसाबले सत्तामा पुगे के बनाउन खोजे भन्ने बोल्नै सकिँदैन। यसका विषयमा हाम्रो समूहले छानबिनको प्रतिवेदन बुझाएको जनतालाई थाहा छ,’ उनले भने, ‘के भएको थियो भन्ने कुरा विभिन्न पुस्तकमा पनि छरपष्ट छ। अहिले दरबार जस्तो ऐतिहासिक विषयलाई भद्दा मजाक बनाएर होटल रेस्टुरेन्ट खोल्न लागिएको भन्ने सुनेको छु। यति नै देख्न बाँकी थियो। अरू बिषयमा मेरो बोल्नु केही छैन।’

‘कुनै फौजदारी अभियोगको अनुसन्धान गर्ने, मुद्दा चलाउने र फैसला गर्ने अधिकार त हाम्रो होइन। त्यो आयोग, घटनास्थलको प्रकृति, विवरण र त्यहाँ रहेका मानिसको के भनाइ छ भन्ने कुरा बुझ्न प्रतिवेदन बनेको थियो। हामीलाई त्योभन्दा बढी अनुसन्धान गर्ने अधिकार दिइएको थिएन,’ छानबिन समितिसँगै काम गरेका एक व्यक्तिले भने, ‘फौजदारी अभियोग कसले गर्‍यो, किन गर्‍यो, के उद्देश्यले गर्‍यो भनेर मुद्दा चलाउने जिम्मेवारी राज्यको हो। त्यतिबेला पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै हुनुहुन्थ्यो। सरकारले किन गरेन, के कारणले गरेन, उसले जवाफ दिने कुरा हो।’ 

त्यतिबेलाको संविधानमा राजा र प्रधानमन्त्रीमा अधिकार थियो। राजा नभएपछि पूरै अधिकार प्रधानमन्त्रीमा थियो। त्यतिबेला पनि आफूले प्रधानमन्त्रीलाई ‘तपाईं नै हो अब, संसद्को बैठक बोलाउनुहोस्’ भनेर साथीहरूबीच भनेको बताए। उनले भने, ‘प्रधानमन्त्री गिरिजाले ‘होइन, यो झन्झटतिर नलागौँ’ भनेर भनेका थिए।’

‘अल्झनमा यो विषय’

नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङ यस विषयमा बोल्न केही कुरा नै नरहेको बताए। ‘यो विषयमा बोल्ने कुरा नै केही छैन। नेपालमा दरबार हत्याकाण्ड मात्र हैन, धेरै विषय यस्ता छन्, जुन पार्टीहरूको नजर अन्दाजमा परेका छन्,’ उनी भन्छन्, ‘प्रष्ट भन्दा यो दलहरूको प्राथमिकतामा नपरेकै हो।’ 

त्यस्तै, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले दरबार हत्याकाण्डको छानबिन अँध्यारोमा तीर खेलाउने खालको मात्र भएको बताए। ‘विश्वकै परिदृश्य हेर्दा पनि ठूल्ठूला हत्याकाण्डहरू सयौं वर्षपछि पनि हत्यारा पत्ता लागेका छन्। दरबार हत्याकाण्ड, दासढुंगालगायतका यस्ता ठूला घटनामा आग्रह पूर्वाग्रह छाडेर जनताले खोजेको यर्थाथता खोज्न दलहरू लाग्नुपर्छ,’ केसीले भने, ‘अभैm पनि केही ढिला भएको छैन। दुर्घटना भएकै हो। उच्चस्तरीय छानबिन समिति बनाएर घटनाको छानबिन गर्न तर्पm दलहरू लाग्नैपर्छ।’

घटना भएको यतिका समयसम्म यस विषयमा चासो नदेखाउनुले दलहरूकै कमजोरी भएको बताउँछन्, नेकपा माओवादीका नेता देव गुरूङ। ‘सरकारले गर्न चाह्यो भने आयोग बनाएर छानबिन गर्न सक्छ। राजनीतिक दलहरूले गर्नैपर्ने विषयअन्र्तगत यो विषय पनि हो। अबको नयाँ पुस्ताले पनि प्रश्न उठाउने ठाउँको अवस्थामा यो घटना छ।’

संग्राहलय बन्यो राजदरबार 

हत्याकाण्ड लगत्तै तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा घटनास्थल त्रिभुवन सदनलाई भत्काउन लगाइएको थियो। हत्याकाण्डको खास रहस्य पत्ता लगाउन नसकिए पनि नारायणहिटी संग्रहालयले  त्रिभुवन सदनको पुनर्निर्माण गरेको छ। उक्त घटनास्थलको स्मरण गराउन सो सदन निर्माण गरिएको हो। र, संग्रहालयका रूपमा संरक्षण गरिएको छ। अहिले सिंगो नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको छ। गत वर्षदेखि राजाले लगाउने गरेको श्रीपेचका साथै सुनको राजदण्डसमेत सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ। 

यसका विषयमा हाम्रो समूहले छानबिनको प्रतिवेदन बुझाएको कुरा सारा जनतालाई थाहा छ। के भएको थियो भन्ने कुरा विभिन्न पुस्तकमा पनि छरपष्ट छ। अरू विषयमा मैले बोल्नु केही छैन। 
तारानाथ रानाभाट - सदस्य, उच्चस्तरीय छानबिन आयोग

यो घट्ना घटाउने व्यक्ति सार्वजनिक नगरिँदासम्म छानबिन गर्न सकिने विषय हो। मैले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा त्यतिबेलै संसद्मा उठाएको थिएँ। तर, त्यो कुरा अझै अगाडि बढेको छैन। त्यतिबेला यस विषयमा बोल्दा मलाई राजावादी जस्तो पनि आरोप लगाइयो।
 विमलेन्द्र निधि, कांग्रेस नेता

यो विषयमा बोल्ने कुरा केही छैन। नेपालमा दरबार हत्याकाण्ड मात्र हैन, धेरै विषय यस्ता छन्, जुन पार्टीहरूको नजर अन्दाजमा परेका छन्। प्रष्ट कुरा यो घटना दलहरूको प्राथमिकतामा नपरेकै हो। 
सुवास नेम्वाङ, एमाले उपाध्यक्ष

सरकारले गर्न चाह्यो भने आयोग बनाएर छानबिन गर्न सक्छ। राजनीतिक दलहरूले गर्नैपर्ने विषयअन्तर्गत यो विषय पनि हो। अबको नयाँ पुस्ताले पनि प्रश्न उठाउने ठाउँको अवस्थामा यो घटना छ। 
देव गुरुङ, माओवादी नेता

कमेन्ट गर्नुहोस्