प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को जारी जिल्ला अधिवेशनमा हालसम्म ४३ जिल्लाको नेतृत्व चयन भएको छ । एमालेको अधिकांश जिल्लामा सर्वसम्मत प्रक्रियामार्फत नेतृत्व चयन भएको जनाइएको छ ।
हिमाली क्षेत्रका केही जिल्लामा भने उच्च हिमपातका कारण अधिवेशन प्रक्रिया अघि बढ्न नसकेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयो । प्रदेश २ अन्तर्गतको सिरहा जिल्लाको पनि छिटोभन्दा छिटो नेतृत्व चयनको प्रक्रिया अघि बढेको उहाँ बताउनुहुन्छ ।
एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुस २३ गते काठमाडौंको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट देशैभरका ६१ वटा जिल्लाको अधिवेशन उद्घाटन गर्नुभएको थियो । एमालेको हालसम्म जिल्लामा निर्वाचित अध्यक्षको सूचीसहित
प्रदेश १
धनकुटा : इन्द्रमणि पराजुली
खोटाङ : रामप्रसाद दंगाल
झापा : दीपक कार्की
मोरङ : ऋषिकेश पोखरेल
तेर्हथुम :तेजमान कन्दङ्गवा
पाँचथर : राजकुमार भण्डारी
ईलाम :महेश बस्नेत
सोलुखुम्बु : दुपराज बास्तोला
भोजपुर : शरण राई
प्रदेश २
सप्तरी : ताराकान्त चौधरी
बागमती प्रदेश
काभ्रेपलाञ्चोक : अशोक ब्यान्जु
रसुवा : कर्णेल तामाङ
नुवाकोट : बद्री मैनाली
मकवानपुर : एकलाल श्रेष्ठ
धादिङ : भूमी त्रिपाठी
भक्तपुर : बचन देउजा
रामेछाप : आनन्द श्रेष्ठ
काठमाडौं : दीपक निरौला
ललितपुर : पुरुषोत्तम आचार्य
सिन्धुली : कुमारबहादुर कार्की
गण्डकी प्रदेश
गोरखा : प्रेम गुरुङ
तनहुँ : श्रीप्रसाद श्रेष्ठ
लमजुङ : कृष्णप्रसाद अधिकारी
पर्वत : राजु पौडेल
म्याग्दी : देवेन्द्र केसी
बागलुङ : हिराबहादुर केसी
लुम्बिनी प्रदेश
कपिलवस्तु : डम्मर शर्मा
दाङ : हुकुमबहादुर बस्नेत
पाल्पा : धनेन्द्रराज घिमिरे
गुल्मी : बालकृष्ण काउछा मगर
अर्घाखाँची : पिताम्बर भुषाल
बर्दिया : लालबहादुर श्रेष्ठ
नवलपरासी पश्चिम : दीपेन्द्र अधिकारी
बाँके : किस्मतकुमार कक्षपति
प्युठान : विजय बिराज बिष्ट
रुपन्देही : तेजेन्द्र केसी
कर्णाली प्रदेश
डोल्पा : शेरबहादुर बुढा
सल्यान : गोविन्द पुन मगर
जुम्ला : शान्तिलाल महत
सुदूरपश्चिम प्रदेश
डडेलधुरा : प्रकाश साउद
बैतडी : सुरेन्द्र पाल
उपत्यका विशेष प्रदेश
मजदूर विशेष : जितेन्द्र श्रेष्ठ
पेशागत विशेष : उमेश ढकाल
कमेन्ट गर्नुहोस्