काठमाडौं, पुस २७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सिमितताको कारण अति जरुरी बाहेक स्वागत तथा विदाई गर्न नआउन आग्रह गरेको छ ।
कार्यालयले विज्ञप्ति मार्फत् जरुरी काम बाहेक यात्रुको स्वागत तथा विदाईका लागि मात्र विमानस्थल नआइदिन आग्रह गरेको हो । विमानस्थलमा अनावश्यक भिडभाड नगरिदिन साथै हवाई यात्रा गर्दा अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डहरुको परिपालना गरी गराई मात्र दैनिक हवाई सेवा सुचारु गर्नु गराउनु हुन सम्बद्ध सबै सरोकारवालाहरुसँंग विशेष अनुरोध विज्ञप्तिमा गरिएको छ ।
साथै, कोभिड –१९ को जोखिम समेतलाई दृष्टिगत गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक पास उपलब्ध नगराइने जनाएको छ
कमेन्ट गर्नुहोस्