काठमाडौँ — पछिल्लो २४ घण्टायता नेपालमा ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ९१ जनामा पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ४३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा २ हजार ४५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४८ हजार ७ सय ८४ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा २ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय १३ रहेको छ ।
कमेन्ट गर्नुहोस्