काठमाडौँ — टाइम म्यागेजिनले कोभिड खोप विकास गर्ने ४ जना वैज्ञानिकलाई ‘टाइम हिरो अफ दि इयर’ को घोषणा गरेको छ ।वैज्ञानिकहरु किजमेकिया कोर्बेट, बार्ने ग्राहम, क्याटलिन कारीको र ड्रियु विस्मेनलाई यो सूचीमा राखिएको हो ।
कोभिड खोप निर्माणका लागि विश्वभरका वैज्ञानिकहरुले काम गरेपनि यी चारले ब्रेकथ्रू काम गरेको बताउँदै टाइम म्यागेजिनले 'एमआरएनए'मा आधारित एक आविष्कार र अत्यधिक प्रभावकारी खोपको निर्माण गरेको बताएको छ ।
कोभिड-१९ को कष्टप्रद अवस्थामा वैज्ञानिकहरूले मानवलाई महामारीसँग लड्ने हतियार उपहार दिएको भन्दै खोप विकासकर्ताहरुलाई टाइम म्यागजिनले 'हिरो'को मात्र संज्ञा मात्र नभई 'चमत्कारी कामदार' पनि भनेको छ ।
किजमेकिया कोरबिट युनिभर्सिटी अफ पेन्सिलभेनियामा आरएनएमा अनुसन्धान गर्दै आइरहेकी छन् । त्यसैगरी ड्रियु वाइजमेन इम्युनोलोजिस्ट र फिजिसियन हुन् । पेन्सिलभेनियामा क्याटलिन कारीको र दुवै मिलेर शतप्रतिशत प्रभावकारी खोप बनाएका थिए जसले जनावरहरुलाई इन्फ्लुएन्जा, एचआईभी, हेपटाइटिस, जिका, नोरोभाइरसबाट सुरक्षित गर्दछ ।
बार्ने ग्राहम इम्युनोलोजिस्ट, भाइरोलोजिस्ट र क्लिनिकल ट्रायल्स फिजिसियन हुन् । उनी यूएस नेसनल इन्सिटिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजको भ्याक्सिन रिसर्च सेन्टरका सह निर्देशक पनि हुन् ।
किजमेकिया कोरबिटले युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट माइक्रोबायोलोजी र इम्यानोलोजीमामा विद्यावारिधी गरेकी छन् । उनी अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ फोर कोरोना भ्याक्सिन रिसर्चकी प्रमुख वैज्ञानिक हुन् ।
त्यसैगरी टाइम म्यागेजिनले ‘इन्टरटेनर अफ द इयर ओलिभिया रोड्रिगो, एलन मस्कलाई ‘पर्सन अफ द इयर’, सिमोन बायल्सलाई ‘एथलेट अफ दि इयर’ भनेर घोषणा गरेको छ ।
कमेन्ट गर्नुहोस्