काठमाडौँ — रशायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिक बेन्जामिन लिस्ट र डेभिड म्याकमिलनलाई संयुक्त रुपमा प्रदान गरिएको छ । अणु बनाउने नयाँ तरिका विकास गरेकोमा वैज्ञानिकद्वयलाई २०२१ को पुरस्कारबाट सम्मान गरिएको हो ।
उनीहरुले विकास गरेको तरिकाबाट औषधि क्षेत्रमा अनुसन्धानका लागि सहायता पुग्ने अपेक्षा गरिएको नोबेल एसेम्बलीले जनाएको छ । बेन्जामिन जर्मन नागरिक हुन् भने डेभिड अमेरिकी हुन् । यसअघि चिकित्सा र भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।
चिकित्सातर्फ अमेरिकी वैज्ञानिकद्वय डेभिड जुलियस र आर्डेम पटापौटियनले पुरस्कार जितेका छन् भने भौतिकशास्त्रतर्फ स्यूकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीले नोबेल जितिसकेका छन् ।
कमेन्ट गर्नुहोस्