Saturday, September 25 2021
ट्रेन्डिङ बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव

३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो

३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो

काठमाडौं, भदौ २४ गते । यूरोपेली फुटबलका च्याम्पियन इटालीले लगातार ३७ खेलमा अपराजित रहने विश्वको पहिलो फुटबल टोलि बनेको छ । विश्वकप छनोट खेलमा गए राति लिथुएनियालाई हराएर इटालीले उक्त कीर्तिमान बनाएको हो । 
गत् आइतबार स्वीटजरल्याण्ड बिरुद्ध गोलरहित बराबरी खेल्दा नै इटालीले विश्व कीर्तिमान बनाएको दाबी गरिएको थियो । तर इटालीले गए राति सम्पन्न लिथुएनिया बिरुद्धको खेलमा ५–० को जित हात पार्दा उक्त दाबीलाई खारेज गरी कीर्तिमान सुनिश्चित गरेको छ । एभर्टनबाट ऋणमा युभेन्ट्स पुग्नुभएका मोइज किनले दुई गोल गर्नुभयो । ११ औं मिनेटमा सुरुवाती गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । 
१४ औं मिनेटमा लिथुएनियाका एदगर्स उत्कुसेले आत्मघाती गोल गर्दा इटालीले अग्रतालाई दोब्बर पार्यो । गिसोमो रासपडोरीले २४ औं मिनेटमा गोल गर्दै ३–० को अग्रता बनाएको चार मिनेटपछि किनले ब्यक्तिगत् दोस्रो गोल थप्दा इटालीले पहिलो हाफसम्म ४–० को अग्रता बनायो । दोस्रो हाफको सुरुवातमै जियोभानी डी लोरेञ्जोले गोल थप्दा इटालीले लिथुएनियामाथि ५–० को जित सुनिश्चित गर्यो । 
इटालीले स्वीटजरल्याण्डसँग बराबरी खेल्दा अपराजित यात्राको विश्व कीर्तिमान बनाएको दाबीलाई ब्राजिलले खारेज गरेको थियो । ब्राजिलले सन् १९९३ देखि १९९६ सम्म ३६ खेलमा अपराजित रहेको दाबी गर्न पुग्यो । इटालीले सन् २०१८ को सेप्टेम्बर १० मा नेशन्स लिगमा पोर्चुगल विरुद्ध गुमाए यता एउटै खेल हारेको छैन् । 
विश्वकप छनोट अन्तगर्त समूह सी मा रहेको इटाली अब दोस्रो स्थानको स्वीटजरल्याण्डभन्दा छ अङ्कको स्पष्ट अग्रता लिएको छ । उसले चार वटा छनोट खेल अझै खेल्न बाँकी नै छ । स्वीटजरल्याण्डले भने अब दुई खेल मात्रै खेल्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्