मङ्सिर १८ गते । प्रधानमन्त्री एवं सुदूूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
विश्वविद्यालयको नवौँ साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो । विश्वविद्यालयले विशेषतः सुदूूरपश्चिमका नागरिकलाई उच्च शिक्षामा सहज पहुँच सुनिश्चित गर्दै शिक्षित समाज निर्माणमा अग्रपङ्क्तिमा उभिनुपर्ने देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “रोजगारीका लागि विदेशिनुपर्ने परिस्थितिलाई मनन् गर्दै युवा जनशक्तिलाई देश विकासमा उपयोगी हुने सीपमूलक शिक्षा, आधुनिक कृषि विज्ञान तथा वन विज्ञानतर्फको अध्ययनको विकास गर्न अति आवश्यक छ ।”
समायानुकूूल जनशक्ति उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा योगदान दिन सक्ने शैक्षिक कार्यक्रमहरू विश्वविद्यालयले सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रलाई आवश्यक गुणस्तरीय जनशक्तिको परिपूर्ति गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयका जनशक्तिसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनतर्फ पनि विश्वविद्यालयले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । यसो गर्न सकिएमा मुलुकको आवश्यकता परिपूर्ति गर्नसमेत सफलता मिल्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।
कमेन्ट गर्नुहोस्